राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि

१२ कात्तिक ७७, बिहीबार

१३ कात्तिक, काठमाडाैँ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि आजदेखि प्रशिक्षण सुरु गर्दैछ ।

पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा अपराह्न २ बजे सुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाण्डौ आइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरमा रहेकाे वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई अनुमति दिइसकेको छ । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा रहेका कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । नेपालले बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकामा रहेकाे बङ्गबन्धु रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल आउँदाे मङ्सिर २ गते हुने एन्फाले जनाएको ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top