१३ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा जम्मा ९ हजार ७ सय ६९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३८ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको उनले बताए ।
त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । हालसम्म नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमितको संख्या ३८ हजार ९ सय ५२ पुगेको छ । त्यसैगरी २ हजार ६ सय ८९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।