×

NEPAL TIMES UPDATES

Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

विपन्‍नले कसरी बाँच्‍ने ? महानगर भन्छ : ‘खुलामञ्‍चमा खाना नबाँड्नू’

१८ कार्तिक २०७७

काठमाडौँ : अभियन्ता बद्रीप्रसाद ढुंगाना स्वयंसेवकका साथ हरेक दिन दिउँसो २ बजे खुलामञ्च पुग्छन् । त्यहाँ भेला भएका झन्डै २ सय जनालाई निःशुल्क खाना वितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ भएका मजदुरको बाहुल्य हुन्छ । अशक्त र असहाय पनि हुन्छन् ।

तर, सोमबार ढुंगानाको समूहले खाना वितरण गरिरहँदा अवरोध झेल्नुपर्‍यो । महानगर प्रहरीका सईको नेतृत्वमा आएका १० प्रहरीले खाना नबाँड्न उर्दी जारी गरेको उनले बताए । ‘मेयर सा’बको निर्देशन भन्दै हामीलाई खाना बाँड्न बन्द गर्न निर्देशन दिइयो । केही दिनअघि पनि अवरोध गरिएको थियो । तर हामी रोक्दैनौं,’ उनले भने ।

ढुंगानाले नेतृत्व गरिरहेको निःशुल्क खाना वितरण अभियानमा लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिन सिटी, मानवी क्रिएटिभ एसोसिएसन र सेभ एसोसिएसन नेपालले सहकार्य गरेका छन् । उनीहरूले खुलामञ्चमा खाना खुवाउन थालेको सोमबार ३७ दिन पुगेको छ । प्लेटमा दाल, भात, तरकारी र अचार खुवाउने गर्छन् । खाना खुवाउने ठाउँमा फोहोर नगरेको उनको दाबी छ । ‘हामी सकेसम्म सफा गर्छौं, तैपनि हामीले खुवाउँदा फोहोर भएको छ भने अझ सफा गर्न तयार छौं तर खाना बाँड्नै बन्द गर भन्नुचाहिँ आपत्तिजनक हो,’ ढुंगानाले कान्तिपुरसँग भने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नागरिककै आग्रहमा निःशुल्क खाना वितरण रोक्ने निर्णय गरिएको बताए । लकडाउन खुलेपछि खुलामञ्चलगायत ठाउँमा मान्छेको आवतजावत बढेको, सवारीसाधन चल्न थालेको र बाहिर त्यतिकै खुवाउँदा शोभनीय नदेखिएकाले त्यस्ता ठाउँमा खाना वितरण रोक्नु आवश्यक भएको डंगोलको जिकिर छ । ‘खाना खाएर हात धुने ठाउँ छैन, शौचालय छैन, यत्रतत्र फोहोर गरेको छ, अरू मान्छेलाई हिँडडुलमा समस्या भएको छ । यो त ठीक भएन नि,’ उनी भन्छन्, ‘यस्तो अव्यवस्थित काम रोक्न नागरिकबाट व्यापक गुनासो आएको छ । हामीले नागरिककै आवाज सुनेका हौं ।’ लकडाउनका बेला सुनसान भएकाले खुलामञ्चलगायत खुलाक्षेत्र खाना खुवाउन ठिकै भए पनि अहिले उपयुक्त नभएको उनले बताए । कोरोना त्रास बढेसँगै गत चैत ११ गतेबाट देशव्यापी लकडाउन भयो ।

दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गरिरहेकाहरूलाई लकडाउनले आहत बनायो । बिहान–बेलुका छाक टार्नै धौधौ भएर छटपटिएकालाई राजधानीका खुलामञ्च, कालीमाटी, पशुपतिलगायत ठाउँमा मनकारीहरूले निःशुल्क खाना खुवाउन सुरु गरेका थिए, जुन अधिकांश क्षेत्रमा अझैं निरन्तर छ । चैत १४ गतेबाट हन्ड्रेड ग्रुपले यो पुण्यकर्म थालनी गरेको थियो । यसका संस्थापक बब्लु गुप्ताका अनुसार अहिले पनि पशुपति र खुलामञ्चमा दैनिक ४ सय जनालाई निःशुल्क खाना खुवाइन्छ । यसमा ‘हाम्रो सानो प्रयास’ लगायत अन्य अभियानले सहकार्य गरेका छन् । गुप्ताले पनि महानगरको निर्णयको विरोध गरे । ‘हामी दैनिक खुलामञ्च र पशुपतिमा खाना खुवाउँछौं, अहिलेसम्म महानगरपालिकाले रोकेको छैन,’ गुप्ताले भने, ‘तर, कतिपय साथीहरूलाई रोकेको र महानगरपालिकाले रोक्ने निर्णय गरेको भन्ने सुनें । हामी यसको प्रतिवाद गर्छौं ।’

हन्ड्रेड ग्रुपले खुलामञ्चमा बिहान ९ बजे र साँझ ४ बजे खाना खुवाउँछ भने पशुपतिमा साढे १२ बजे । यसका लागि समूहका झन्डै २० जना स्वयंसेवक खटिन्छन् । खानाको समस्या भएकाहरूको आग्रहमै निःशुल्क खाना वितरणलाई निरन्तरता दिइएको गुप्ताले बताए । ‘नागरिकहरू कति भोका छन् भनेर सडकमा आएर बुझ्नुपर्‍यो नि । खाना नबाँड्नु भनेर मात्र हुन्छ ?’ आक्रोशित हुँदै उनले भने, ‘जस्तोसुकै स्थितिमा पनि हामी खाना खुवाउन रोक्दैनौं । जसरी पनि खुवाउँछौं । प्रहरीले अवरोध गर्‍यो भने झडप नै हुन्छ ।’ खाना खुवाउने ठाउँमा फोहोर भए महानगरपालिकाले सफा गर्नुपर्ने उनको भनाइ छ । ‘आफैं खाना पनि नखुवाउने, फोहोर पनि सफा नगर्ने, महानगरको के काम ?’ उनको प्रश्न छ ।

महानगरपालिकाचाहिँ जसरी पनि निःशुल्क खाना वितरण रोक्ने तयारीमा छ । यो अभियानले आफ्नो आलोचना बढाएकाले मेयर विद्यासुन्दर शाक्य पहिल्यैबाट अनुदार रहँदै आएका छन् । यद्यपि प्रवक्ता डंगोलचाहिँ रोक्नभन्दा व्यवस्थित गर्न लागेको दाबी गर्छन् । , याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top