१८ कात्तिक, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज चार सय रुपैयाँले बढेर तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ थियो ।
