×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026

पूर्व एमालेहरुलाई मिलाउने प्रयासमा ओली समूह

१९ कार्तिक २०७७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्।

आइतबार साँझ लाजिम्पाटस्थित एक होटलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री खगराज अधिकारी, महेश बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेल लगायतका करिब १५ जना नेताहरुको एउटा भेलाले अबका दिनमा पार्टीलाई बढी क्षति हुन नदिने र पूर्व एमालेहरु मिलेर जानुको विकल्प नभएको निष्कर्ष निकाले थिए। त्यसयता उनीहरु निरन्तर छलफलमा लागेका छन्।

उनीहरुले ओली र नेपाल मिलाउन मध्यमार्गी भूमिका खेल्ने भएका छन्। ‘हामीले अबको विकल्प ओली नेपाल मिल्नुमै देखेका छौ, पूर्व माओवादीहरुलाई पार्टीमा प्रयाप्त स्थान दिइएको छ उनीहरुलाई साथमा लिएर जानुपर्छ तर सधै ओली नेपाल फाटो गरेर बाटो अलग बनाउन सकिँदैन भनेका छौ’, छलफलमा सहभागी एक नेताले भने। ओली समूहका धेरैजसो नेता नेपालसँग मिल्नुपर्ने पक्षमा छन्।

विजय सुब्बा, गोकुल बाँस्कोटा, महेश बस्नेत, खगराज अधिकारी लगायतका धेरै नेताहरुले यसअघि पनि ओली नेपाल मिल्नुपर्ने बताउँदै आएका थिए। विजय सुब्बा लगायतको एउटा पंक्तिले सोमप्रसाद पाण्डे तथा लालबाबु पण्डितहरुसँग धेरै पटक यो विषयमा कुराकानी समेत गरिसकेको छ। ‘हामीले नेताहरु मिलेर जानुपर्छ कहाँ कहाँ के के मिलेको छैन त्यसलाई पनि मिलाएर पार्टी एकतालाई बलियो बनाऔ भनेका छौ, खासगरी जनताले दिएको मतको अबमूल्यन नहोस भन्ने हाम्रो उदेश्य हो। यो विषयमा ओली, दाहाल र नेपाल जानकार छन् भन्ने हाम्रो बुझाइ हो’, नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद विजय सुब्बाले भने।

ओली समूहका नेताहरु शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई र सूर्य थापाको समूहले राजनीतिबाट अवकाश लिइसकेका प्रदीप नेपाललाई समेत भेटेर ओली नेपाल मिलाउने सूत्रधार बन्न आग्रह गरेका थिए। त्यसकै भोलिपल्ट सोमबार माधव नेपाल प्रदीप नेपालकै घरमा पुगेर भेटघाट समेत गरेका छन्। यसरी हेर्दा ओली पक्ष पछिल्ला दिनमा नेपालसँग मिल्नुको विकल्प नभएको निष्कर्षमा पुगेको देखिन्छ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

सम्बन्धित खबरहरु

Scroll to Top