अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन सुरु, बाइडनको अग्रता

१९ कात्तिक ७७, बुधबार
Share this
747shares

१९ कात्तिक, एजेन्सी ।

Advertisement

विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । केही स्थानको नतिजा आउन पनि सुरु भइसकेको छ ।

कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो। हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्।

Advertisement

५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्। यसैगरी बाइडनका प्रतिनिधिले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पका प्रतिनिधिले २ वटा राज्यमा अग्रता लिएका छन्।

राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ । निर्वाचनमा बहालवाल राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top