NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

ओलीपक्षीयहरुको जुम भेला : जबजको पक्षमा माहोल बनाउन निर्देशन

बिहिबार कार्तिक २० , २०७७
Reading Time: 1 min read
A A
Advertisement
ओलीपक्षीयहरुको जुम भेला : जबजको पक्षमा माहोल बनाउन निर्देशन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : पदीय भागबन्डा नमिलेर मूल नेतृत्वबीच नै पार्टी फुट्ने र फुटाउने आपसी धाकधम्की चलिरहेका बेला नेकपामा थाती रहेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ को बहस ब्युँतिएको छ । त्यसको सुरुवात प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली स्वयंले प्रदेश १ बाट गरेका छन् ।

प्रधानमन्त्री ओली र सचिवालय सदस्य ईश्वर पोखरेलले बुधबार प्रदेश १ का आफूपक्षीय नेताहरूबीच ‘भर्चुअल बैठक’ गरेर जबजको पक्षमा माहोल बनाउन निर्देशन दिएका छन् । त्यसका लागि मदन भण्डारी फाउन्डेसनलाई वडास्तरसम्म विस्तार गर्न उनीहरूले प्रदेश १ का नेताहरूलाई निर्देशन दिएका छन् । निर्देशनमा उनीहरू पक्षीय स्थानीय नेताहरू सहमत छन् ।

पार्टीको राजनीतिक कार्यक्रम र मार्गदर्शक सिद्धान्तबारेको मतभेद चैतमा तय गरिएको एकता महाधिवेशनबाट टुंगो लगाउने सहमति नेकपाभित्र छ । त्यसैले पूर्वएमाले र पूर्वमाओवादी धारले भन्दै आएको क्रमशः जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई जोडेर नेकपाले हालका लागि ‘जनताको जनवाद’ लाई आफ्नो कार्यक्रम भनेको छ । तर पूर्वएमालेहरूलाई एक ठाउँमा राख्ने रणनीतिअनुरूप जबजको बहस सुरु गरिएको ओलीनिकट स्रोतको भनाइ छ । त्यसका लागि ओलीले सबै प्रदेशका आफूनिकट नेताहरूसँग परामर्श गर्ने तयारी गरेका छन् । गत भदौ २९ गते अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले जारी गरेको अन्तरपार्टी निर्देशनमा प्रतिष्ठान तथा फाउन्डेसनका कारण गुट झाँगिएकाले त्यो रोक्नुपर्ने उल्लेख छ । तर बुधबारको बैठकमा अध्यक्ष ओली र सचिवालय सदस्य पोखरेलले पार्टी एकताको डोरी चुँडियो भने आउने जस्तोसुकै परिस्थितिका लागि पनि तयार हुन आफूपक्षीय नेताहरूलाई निर्देश गरे ।

Advertisement

भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो विचारलाई कसिलो बनाउन नेताहरूलाई निर्देशन दिएका छन् । केन्द्रीय सदस्य देवेन्द्र दाहालले पछिल्लो समय नेतृत्वमा भएको असमझदारी र त्यसलाई हल गर्न भइरहेको प्रयासबारे प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी गराएको बताए । ‘भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले ज–जसलाई जे–जे जिम्मेवारी दिएको थियो, त्यो पालना नगर्दा समस्या आएको हो,’ ओलीको भनाइ उद्धृत गर्दै दाहालले भने । उनका अनुसार प्रधानमन्त्री ओलीले पार्टी एकीकरण हुँदा जनताको जनवादलाई कार्यक्रम मानिएको भए पनि महाधिवेशनपछि जबज नै पार्टी कार्यक्रम बन्ने गरी अहिलेदेखि नै छलफल थाल्न निर्देशन दिए । ‘पार्टी एकीकरण हुँदा हामीले जनताको जनवादलाई नेकपाको कार्यक्रम बनायौं,’ उनले बैठकमा भनेका थिए, ‘महाधिवेशन हुँदा कुन कार्यक्रम अँगाल्ने भनेर फ्लोर ओपन हुन्छ, जबजको विषय छलफलमा जान्छ ।’

प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच समझदारी नबनेसम्म पार्टीको बैठक बस्न नसक्ने पनि स्पष्ट पारेका छन् । बैठकमा जबजलाई फैलाउन र पूर्वमाओवादी पक्षधरको पकडबाट प्रदेश १ लाई जोगाउन पनि मदन भण्डारी फाउन्डेसनलाई बलियो बनाउने समझदारी जुटेको सहभागी अर्का एक नेताले बताए । ‘जबज भनेपछि नेपाल पक्षधर नेताहरू पनि एकजुट भइहाल्छन्,’ ती नेताले कान्तिपुरसँग भने, ‘त्यसैले पनि जबजबारे व्यापक प्रचारप्रसार जरुरी छ, त्यसका लागि मदन भण्डारी फाउन्डेसनलाई स्थानीय तहसम्मै विस्तार गरेर जानुपर्छ ।’

बैठकमा सहभागी उपप्रधानमन्त्री एवं सचिवालय सदस्य पोखरेलले विचारमा प्रस्ट नभएसम्म ठीक ढंगले अगाडि बढ्न नसकिने उल्लेख गर्दै जबज नै पार्टीको कार्यक्रम हुनुपर्ने बताएका थिए । ‘अहिले हामीले अवलम्बन गरेको जनताको जनवादको अन्तरवस्तु पनि जबजकै हो,’ पोखरेलले बैठकमा भनेका थिए, ‘नेकपा अहिले विचारमा प्रस्ट नभएको जस्तो देखिएको छ, त्यसको पूर्ति पनि जबजले नै गर्ने हो ।’ उनले मदन भण्डारीका विचारहरूको प्रचारप्रसारका लागि फाउन्डेसनको विस्तार गर्नुपर्ने बताए ।

‘पार्टीमा अहिले परिस्थति सहज छैन । असहज परिस्थितिको सिर्जना उचाइबाटै गरिएको छ, त्यो परिस्थितिको सामना कसरी गर्ने भन्ने तपाईंहरूको प्रश्नमा म भन्छु, सबैभन्दा पहिले विचारमा स्पष्ट हुनुपर्छ, विचारमा स्पष्टता भएन भने हामी ठीक ढंगले अघि बढन् सक्दैनौं, हाम्रो विचार जनताको बहुदलीय जनवाद पार्टीले समातेको छ,’ पोखरेलले भने, ‘जबजबाट निर्देशित हुने हाम्रो निष्कर्ष र निचोडलाई कहिल्यै कमजोर ढंगबाट समात्नु हुँदैन ।’

उनले जनताको जनवाद अल्पकालीन कार्यक्रम मात्रै भएको र त्यसको अन्तरवस्तुमा जबज नै रहेको बताएका थिए । ‘मदन भण्डारीका विचारहरूको योगदानबारे देशभरका कम्युनिस्ट कार्यकर्ताहरू र आम जनतालाई बुझाउने कर्तव्य हाम्र्रै हो । त्यो कर्तव्यबाट किञ्चित रूपले मात्रै पनि हामी पछि पर्ने छैनौं । त्यसमा मदन भण्डारी फाउन्डेसनले अगुवाइ गरेर काम गरोस् । त्यसमा साथीहरू पनि सहभागी हुनुपर्छ,’ पोखरेलले भने, ‘भण्डारीका विचार के हुन् ? जनताको बहुदलीय जनवादले भन्न खोजेको कुरा के हो ? मदन भण्डारीले देशलाई पुर्‍याउनुभएको योगदान के हो ? यो कुरा हामी बताउनेछौं । यो बताउने कुरालाई कसैले पनि रोकछेक गर्न सक्दैन । यस किसिमको योजना बनाएर फाउन्डेसन अघि बढोस् ।’

बैठकमा सहभागी प्रदेश १ का ओली पक्षीय नेताहरूमध्ये १७ जनाले विचार राखेका थिए । तीमध्ये कतिपयले पार्टी एकता नै गलत भएको तर्क गरेका थिए । त्यसमा जवाफ दिँदै पोखरेलले देशभरिका कार्यकर्ता र जनताको चाहना तथा मुलुक राजनीतिक अस्थिरताबाट जोगाउन एकता गरिएको स्पष्ट पारे । ‘एकता गरिरहँदा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूको बलियो सरकार बनाएर जनताको पक्षमा काम गर्न सकियोस् भन्ने थियो,’ उनले भनेका थिए, ‘तर अरू कतिपय गुमेको राजनीतिक हैसियत प्राप्त होस् भन्ने भित्री चाहनाका कारण पार्टी एकताका लागि तयार भएका हुन सक्छन्, कुण्ठाग्रस्त मानसिकता बोकेका नेतृत्व तहका मान्छेलाई एकता भए आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने पनि लागेको हुन सक्छ ।’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.