×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

२१ कार्तिक २०७७

२१ कात्तिक, महोत्तरी ।

तिहार (दीपावली) पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ । आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो ।

तिहारअघि फूल खोज्दै बस्ती÷बस्ती पस्ने व्यापारीले घर आँगनकै फूललाई राम्रो मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ ।

“यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइनँ”, आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै बर्दिबास नगरपालिका–२ की गृहिणी वृन्दा अधिकारीले भनिन् , “फूल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो ।” वृन्दाको आँगन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीनहजार मोल दिने भनेर बैना समातेको उनको भनाइ छ ।

यसरी घर वरपर सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यावसायिकरूपमै फूल खेती गर्ने टुङ्गोमा पुगेका छन् । यसपालि तिहार शुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको फूल किन्न ग्राहक र व्यापारीको धुइरो लागेपछि अब चाहिँ फूल खेती व्यावसायिकरूपमै गर्न गृहिणीहरुको रहर जागेको हो । तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका व्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दङ्ग छन् ।

“तिहारमा फुल्ने गरी जति खेती गरे पनि हुने रे’छ” बर्दिबास–५ की गृहिणी फूलमाया ब्लोनले भनिन्, “यो आँगनको डिलमा ४०÷५० बोट सयपत्रीका होलान्, मलाई त एक व्यापारीले चारहजार दिन्छु भनेर बैना दिएर गा’छन् ।” आर्जनका लागि नभई शोभाका लागि लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब चाहिँ तिहार लक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको फूलमायाको भनाइ छ ।

घर करेसा वरपर शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई÷चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणीले बताएका छन् । यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०÷३५ जति बोटका सयपत्री फूलको तीनहजार दिन्छु भनेको जिल्लाकै भङ्गाहा–४ की गृहिणी दीपमाया श्रेष्ठ बताउनुहुन्छ । करेसाबारी र घरआँगन वरिपरिकै फूलका बोटबाट दीपमायाले तीनहजार पाउने देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यावसायिकरूपमै फूल खेती गर्ने निर्णय गरेका छन् ।

अहिले तिहारअघि फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ÷नगर बस्तीमा लर्को नै लागेको छ । पर्व विशेषले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिने गरी फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भङ्गाहा–६ हतिसर्वाकी राजवती थारु बताउँछिन् ।

जिल्लामा फूलको व्यावसायिक खेती निकै विस्तार नभए पनि अब यसको सम्भावना बढेको कृषि विज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती शुुरु गरिए जिल्लामा थप एउटा आर्जनको बाटो खुल्ने भर्खरै जिल्लामा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव बताउनुहुन्छ । किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे यस्ता सहयोग बढाइने केन्द्रले जनाएको छ ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा केही वर्षयता व्यावसायिकरूपमै फूल खेती गर्दै आएका छन् । आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बनौटा र पडौलका किसानको भनाइ छ । यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीको रोजाइमा पर्ने गरेको किसान बताउँछन् । यहाँ उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको बनौटाका किसान फूलदेव महतो बताउँछिन् ।

पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top