मनोज गजुरेल आइसियुमा,अवस्था जटिल तर सुधारोन्मुख

२० कात्तिक ७७, शुक्रबार

२१ कात्तिक, काठमाडौँ ।
नेपाली हास्यव्यङ्ग्य क्षेत्रको चर्चित नाम हो मनोज गजुरेल । उनलाई कतिपयले कलाकारका पनि कलाकार भन्ने गर्दछन । आफ्नो प्रस्तुतिमा पात्रको आवाज मात्र होइन तिनको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत सचित्र सजीव झै लाग्ने गरी नक्कल गरेर हरेक नेपालीको मनमुटुमा बस्न सफल बरिष्ठ हास्यकलाकार हुन गजुरेल । जो अहिले आइसियुमा उपचाररत छन् ।

Advertisement

गत कात्तिक १० मा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका गजुरेललाई फोक्सोमा समस्या देखिएर गम्भिर भएपछि अस्पताल भर्ना गरिएको हो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमणपुष्टि भएपछि उनले फेसबुक मार्फत जानकारी गराएका थिए । तर बुधबारदेखि अक्सिजन लेभल कम भएर अवस्था जटिल बनेपछि उनलाई अस्पताल लगिएको हो ।

उनले पछिल्लो पटक फेसबुकमा स्टाटस लेख्दै आफूलाई पूर्ण सुधार नभएको र शरीरले फरक फरक प्रतिक्रिया देखाइरहेको बताएका थिए । उनले सामाजिक संजालमा लेखेका छन्– ‘अझै पूर्ण सुधार भैसकको छैन । शरीरले फरक फरक कृया–प्रतिकृया देखाईरहेको छ । माफ गर्नुहोला, फोन, म्यासेज उठाउन सकिरहेको छैन तर स्विचअफ भने गरेको छैन । किनभने साईलेन्ट नै सही, तपाईंका कल, म्यासेज र कामनाका तरंगले आत्मवल उच्च बनाई रहेको छ । सकेसम्म सबैजना कोरोनाबाट जोगिन सक्नुहोस् ।’

Advertisement

अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । उपचार जारी रहेकाले स्वास्थ्य अवस्थामा सुधार हुने चिकित्सकहरुको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top