कोरोना विरुद्धको अभियानमा आविष्कार केन्द्र

२२ कात्तिक ७७, आइतबार

काठमाडौँ : ‘हेलो ! अँ भन्नुस् ।’ ‘…. ’
‘होला अलिअलि । कति चाहिने हो ?’
‘कति बजे भेटिन्छ ?’ सायद यस्तै प्रश्न सोधियो होला उताबाट ।
‘यहाँ बजे भन्ने नियम हुन्न । जतिखेर आए पनि हुन्छ । कति चाहिन्छ, आएर लानुस् ।’
फोनको कुराकानी बिसाएपछि मतिर फर्किएर महावीर पुनले ‘अँ केरे’ भन्दै कुराकानी अगाडि बढाउने सङ्केत गरेपछि भर्खरैको टेलिफोन संवादबारे चासो राखेँ । पीपीईको माग भएको रहेछ । जुन बेला चिकित्सकले पीपीई सेटको अभावमा अस्पतालमा बिरामी जाँच्न डराइरहेका थिए, त्यो बेला आविष्कार केन्द्रले पीपीई बनाएर बाँड्न थालेको थियो । अहिलेसम्म पनि आवश्यकता अनुसार केन्द्रले पीपीई बाँड्दै आएको छ । पुनका अनुसार अहिलेसम्म १७ हजारभन्दा बढी पीपीई सेट वितरण भइसकेको छ, बिना मूल्य ।

सित्तैमा बाँडेर कसरी चल्छ आविष्कार केन्द्र ?
देश विदेशमा रहेका नेपाली र शुभेच्छुक दाताहरूको सहयोगमा अनुसन्धान केन्द्र अगाडि बढाउँदै आएका पुनले भन्नुभयो, “हुनेले जति सक्दो सहयोग गर्छन् तर मूल्य राखेर बेचेका छैनौँ । हामी व्यापार गर्ने संस्था पनि होइनौंँ । आवश्यक पर्नेले लिएर जान्छन् ।”

उहाँको अनुभवमा सरकारी अस्पतालसँग त खरिद कारोबार नै कठिन छ । त्यहाँबाट पैसा लिनै कठिन । एम्बुलेन्स चालक, सुरक्षाकर्मी, सफाइ मजदुर, स्वास्थ्यकर्मीलाई पैसा लिने कुरो पनि भएन । निजी अस्पतालहरू चाहिँ केही सहयोग गरेर नै सामान लैजान्छन् ।

Advertisement

विभिन्न विधाका ३३ वटा अनुसन्धानका काम भइरहेको राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्मी तथा प्राविधिक जनशक्ति य(ितबेला कोरोना (कोभिड–१९)विरुद्धको अभियानमा दिनरात जुटिरहेका छन् । केन्द्रका प्रमुख पुनले भन्नुभयो, “तीन वर्षअघि स्थापना भएको केन्द्रमा २५ वटा जति अनुसन्धानमा सफलता मिल्दै गएको थियो, पाँचवटा ‘प्रोजेक्ट’ त सकिनै लागेका थिए । कोभिडपछि तिनलाई थाँती राखेर सम्पूर्ण जनशक्ति यतैतिर केन्द्रित गरेका छौँ ।”

केन्द्रमा कोरोना भाइरस उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताललाई आवश्यक उपकरण तथा मेसिनको मर्मतदेखि कोरोना बुथ, नर्सिङ रोबट, डेडबडी ब्यागलगायत १३ वटा वस्तुको उत्पादन कार्य भइरहेको छ । भेन्टिलेटर नै ५० भन्दा बढी मर्मत भइसकेको छ । किड्नी डाइलसिस मेसिन, एक्सरे मेसिनको मर्मत मात्र होइन दुई महìवपूर्ण क्षेत्रमा अनुसन्धानसमेत भइरहेको छ ।

केन्द्रका प्रमुख पुनका अनुसार अक्सिजन कन्सन्टे«टर र हाइ फ्लो नोजला क्यानलको अनुसन्धान कार्य भइरहेको छ । चिकित्सकहरूको आग्रहमा यी दुई अनुसन्धानलाई अगाडि बढाइएको हो । अक्सिजन कन्सन्टे«टरले अक्सिजन सिलिन्डर फेरिरहनुपर्ने झन्झटबाट मुक्ति दिनेछ । यो अनुसन्धानमा सफलता मिले ग्रामीण क्षेत्रमा यसले महìवपूर्ण सहयोग मिल्नेछ । यसले हावामा रहेको अक्सिजन र नाइट्रोजन छुट्याएर बिरामीलाई ९५ प्रतिशत शुुद्ध अक्सिजन आपूर्ति गर्छ । यद्यपि, यसको अनुसन्धान त्यति सजिलो छैन । पुनले भन्नुभयो, “हेर्दै जाऊँ । प्रयास गर्दैछन् ।”

त्यस्तै हावा र अक्सिजन मिलाएर हाइ फ्लोमा अक्सिजन दिने उपकरण अनुसन्धानको पनि काम भइरहेको छ । उहाँका अनुसार तीन हप्तासम्ममा त्यसको परीक्षण गरिनेछ । यी दुवै अनुसन्धानले सफलता प्राप्त गरे कोरोनाबाहेक अन्य बिरामीको पनि उपचारमा सहयोग पुग्ने विश्वास पुनको छ ।

त्यसो त, यसअघि नै दुर्गम गाउँमा ड्रोनमार्फत औषधि ढुवानीको सफल परीक्षणसमेत केन्द्रले गरिसकेको छ । केन्द्रमा विकास गरिएका ड्रोनले दुई किलो औषधि बोकेर २५ किलोमिटरभन्दा टाढा डाँडाकाँडामा ढुवानी गर्न सक्छन् ।

“हेलो ! अँ, भन्नुस् ।” फेरि फोनमा व्यस्त ।
हाम्रो एक घण्टाको बसाइमा १३ कलभन्दा बढी फोन उठाउनुभयो पुनले । वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएछ । प्लान्ट सप्लाई गर्ने एजेन्ट मर्मतका लागि नआएपछि आविष्कार केन्द्रमा गुहार मागिएको रहेछ । महावीरले प्राविधिक समूहलाई तुरुन्तै निर्देशन दिए, “वीर अस्पतालको प्लान्ट गएर आजै हेर ।”

महावीरले भने, थुप्रै अस्पतालबाट अहिले यस्तै फोन बढी आइरहेका छन् । कतै मेसिन बिग्रियो । कतै उपकरण बिग्रियो । अक्सिजन कन्सन्ट्रेटर बनाउनुप¥यो । कतै पीपीई सकियो । यस्ता गुनासा, अनुरोध आउँदा उहाँलाई झ्याउ लाग्दैन, खुुसी लाग्छ । लुन्द्रुङ डोरी झुण्डाएको चस्मालाई चोर आँैंलाले माथि ठेल्दै उहाँले भन्नुभयो, “यो हामीप्रतिको विश्वास हो । कोभिडविरुद्ध हामी पनि त चिकित्सक सँगसँगै लडिरहेका छौँ ।”

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मातहतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको थलोमा छ, आविष्कार केन्द्र । त्यहीँ यताउता निगरानी गरिरहेका भेटिन्छन्, महावीर । अहिले ३५ जना जति जनशक्ति विभिन्न क्षेत्रका अनुसन्धानमा खटिएका छन् । यहाँ नियमित जागिरे छैनन् । केन्द्र प्रमुख पुनले भन्नुभयो, “यो जागिर खाने ठाउँ होइन । आविष्कार केन्द्रको काम गर्ने होइन, आफ्नो आइडियामा आफ्नो काम गर्ने हो । अनुसन्धान गर्ने स्थल हो, जुन कार्यका लागि हामी आवश्यक परामर्श, सामग्री जुटाइदिन्छौंँ ।”

जागिरे मानसिकताबाट अनुसन्धानको कार्य अगाडि बढ्न नसक्ने ठम्याइ उहाँको छ । अनुसन्धानको जिम्मा पाएका सरकारी निकायमा कर्मचारीतन्त्र हावी भएको उहाँ देख्नुहुन्छ । सहयोग नपाएर भएका ‘आइडिया’मा काम गर्न नपाएर कतिपय प्रतिभा पलायन भएका छन् । नेपालमा आविष्कार र अनुसन्धानको कार्य परिणममुखी रूपमा अगाडि बढाउन हौसला र सहयोग गर्ने खालको नयाँ खालको कानुनको आवश्यकता देख्नुहुन्छ ।

अनुसन्धानको समयसीमा हुन्न । खर्चको अनुमान गर्न सकिन्न । यद्यपि व्यवसायी, व्यापारी, उद्यमीहरूको चासो केन्द्रप्रति बढ्दो छ । कफी बनाउने मेसिनदेखि लप्सीको माडा निकाल्ने, टपरी बनाउने, टिम्मुर टिप्नेदेखि कोदो रोप्ने मेसिन बनाउन सकिन्छ ? भन्ने जिज्ञासाहरू प्रशस्तै आइरहेका छन् । कुखुराको दाना बनाउने, सस्तो प्रविधिमा तरकारी तथा फलफूल कोल्डस्टोर गर्नेलगायत किसानका लागि सहयोगी मेसिन तथा उपकरण बनाउनेतिर केन्द्रले ध्यान दिइरहेको पुनले बताउनुभयो ।

कालो सुट्केस गुडाउँदै एक युवा केन्द्रभित्र छिरे । अमेरिकाको स्ट्यान्डफोर्ड युनिभर्सिटीबाट सहयोगस्वरूप पठाइएको सामान रहेछ । खुसी हुँदै हत्तनपत्त सुट्केस खोल्न थाल्नुभयो महावीर, “कोरोना भाइरस विरुद्धका उपकरण निर्माणका लागि आवश्यक सामान छन्, यो सुट्केसमा । यो पनि एक हितैषीले नेपालसम्म ल्याउन गुन लगाए । नत्र कहाँ कर तिरेर सक्नु ?”

सुट्केस खोलेर टिपोट अनुसारको सामान निकाल्दै, गन्दै टेबुलमा थुपारेपछि जोर बूढी औंँला उठाउँदै महावीर पुनः मुस्कुराए ।, याे समाचार गाेरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top