विराटनगर,जेठ ३ ःराष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् ।
पल्सर स्पोर्टस अवार्डमा आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दैे खड्काले अवार्ड जितेका हुन् ।
पल्सर स्र्पोटस अवार्डमा यो पटक भने सन्दिप लामिछाने उत्कृष्ट खेलाडीको जित्ने अपेक्षा गरेको खड्काले बताए ।
अवार्डका लागि क्रिकेटकै लामिछानेसँगै ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका थिए ।
यस्तै ब्याडमिन्टनकी शोभा गौचन महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी छन् ।
सन्दिप लामिछाने उत्कृष्ट युवा खेलाडी बन्दा क्रिकेटका जगत टमाटाले उत्कृष्ट प्रशिक्षक बने भने टेबलटेनिसका स्यान्टु श्रेष्ठले पिपुल च्वाइस अवार्ड जिते ।
करण केसीलाई स्पेशल अवार्ड र पूर्वफुटबलर अशोक केसीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।