संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

२४ कात्तिक ७७, मंगलबार

२४ कात्तिक, विलमिङटन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिने बित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थालेका छन् ।

अमेरिकामा सामान्य सेवा प्रशासन (जिएसए)ले औपचारिक रूपमा नयाँ राष्ट्रपति चुनेको मान्यता दिने प्रचलन छ जसले संक्रमणकाल सुरु गर्दछ । तर ट्रम्पले नियुक्त गरेकी यस निकायकी प्रमुख प्रशासक एमिली मर्फीले कुनै प्रक्रिया शुरू गरेका छैनन्। मर्फीले बाइडेनको टिमसँग सहकार्य गर्ने बारेमा राष्ट्रपति ट्रम्पले कुनै निर्देशन दिएका छैनन् ।

त्यो स्पष्टताको अभावले प्रश्नहरू खडा गरिरहेको छ । यसबाट ट्रम्पले सार्वजनिक रूपमा बाइडेनको जितलाई मान्यता नदिएको र चुनावमा धाँधली भएका झुठा दाबीलाई अझै पनि सत्य साबित गर्न खोजेझैं देखिँदैछ ।

अमेरिकी आधुनिक युगमा राष्ट्रपतिले आफ्नो उत्तराधिकारीका लागि त्यस्तो अवरोध खडा गरेको कुनै उदाहरण छैन । विशेष गरी यस बर्ष चुनौती बढी छ किनकि बाइडेनले एउटा महामारीको बीचमा प्रशासन सम्हाल्दै छन् जहाँ सरकारमाथि बृहत्तर जवाफदेहीको खाँचो छ ।

“अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक चासो मुख्यरुपमा संघीय सरकारको कार्यक्षेत्रमा रहेको अवस्थामा अमेरिकी प्रशासनले जनताको इच्छाको सम्मान गरी सत्ताको सहज र शान्तिपूर्ण हस्तान्तरण गर्नु पर्दछ,” बाइडेनका संक्रमणकालीन सहयोगी जेन साकीले ट्वीटमा बताएका छन् ।

अमेरिकाको गैर–नाफामूलक संस्था सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसनको सल्लाहकार बोर्डले पनि ट्रम्प प्रशासनलाई “चुनाव पछि संक्रमणकाल तुरुन्तै प्रारम्भ गर्न र बाइडेन टोलीलाई संक्रमकालीन ऐन बमोजिम स्रोतहरूमा पूर्ण पहुँच उपलब्ध गराउन” आग्रह गरेको छ ।

शनिबार अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनले राष्ट्रपति ट्रम्पबाट पर्याप्त सहयोग प्राप्त नगरे पनि सरकार निर्माणको कदम चालेका छन् ।

बाइडेनले सर्वप्रथम कोरोनाभाइरसमा ध्यान केन्द्रित गर्नु हुनेछ । अमेरिकामा हालसम्म लगभग २ लाख ४० हजार अमेरिकीको ज्यान गइसकेको छ । बाइडेनले सोमबार एक कार्यदलको कार्य विवरण घोषणा गर्दै हुनुहुन्छ जसले महामारीलाई नियन्त्रणमा ल्याउने प्रयासको खाका तयार गर्नेछ । यस कार्यदलले आगामी जनवरी २० मा बाइडेनले राष्ट्रपति पद ग्रहण गरेपछि कार्यान्वयन थाल्नेछ ।

बाइडेनले यसअघि नै शल्य चिकित्सक डा विवेक मूर्थी र पूर्व खाद्य तथा औषधि प्रशासन आयुक्त डेभिड केसलरलाई कार्यदलको सह–अध्यक्षका रूपमा घोषणा गरिसकेका छन्।

बाइडेनले प्रशासन समीक्षा टोलीको गठन गर्नु हुनेछ जसले हालको ट्रम्प प्रशासनका मुख्य निकायहरुसँग सम्पर्क स्थापना गर्नेछ । उनीहरूले विवरणहरु संकलन गरी त्यसको समीक्षा गर्नेछन् जस्तै बजेट र कर्मचारी निर्णयहरू, बाँकी नियमहरु र प्रक्रियामा रहेका अन्य कामहरू ।

तर त्यो प्रक्रिया पूर्ण रूपमा सुरु हुन सक्दैन जबसम्म बाइडेनलाई जिएसएले राष्ट्रपति–निर्वाचित रूपमा मान्यता दिँदैन ।जिएसएको नेतृत्वले स्वतन्त्र र पक्षपात रहीत ढंगले कार्य गर्ने विश्वास गरिन्छ, र कम्तिमा संघीय सरकारका केही अवयवहरूले संक्रमणकालीन योजनाहरू कार्यान्वयन गर्न सुरु गरिसकेका छन् । उदाहरणका लागि, नागरिक उड्डयन अधिकारीहरूले डेलावेयरको विल्मिंगटनस्थित बाइडेन लेकफ्रन्टको घरमाथिको हवाईक्षेत्र प्रतिबन्धित गरेका छन भने सिक्रेट सर्भिसले राष्ट्रपति–निर्वाचित र उहाँको परिवारका लागि राष्ट्रपतिको सुरक्षा विवरणबाट एजेन्टहरू प्रयोग गर्न थालेको छ ।

डेमोक्रेटका केही नेताहरूले नयाँ प्रशासनको तयारी गरिरहेका पनि देखिएका छन् । बाइडेनका सहयोगीहरूले राष्ट्रपति–निर्वाचित र संक्रमणकालीन टोलीले रिपब्लिकन सांसदहरुसँग सम्पर्क गरेका छन् । ट्रम्पका निकटतम सहयोगीहरूमध्ये एक, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार मन्त्रिपरिषदको बैठक बस्नुअघि पूर्व उपराष्ट्रपति तथा सिनेटर बाइडेनलाई बधाई दिएका छन् ।

“जो बाइडेनसँग मेरो करिब ४० वर्षदेखि लामो र न्यानो व्यक्तिगत सम्बन्ध रहेको छ, र म उहाँलाई इजरायल राज्यको एक महान मित्रको रूपमा चिन्दछु,” नेतन्याहूले भनेका छन् ।

रिपब्लीकन पार्टीका एक मात्र जीवित पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले बाइडेनलाई “एक असल व्यक्ति” रहेको जनाउँदै उनको शासनकालमा अमेरिका अझ एकबद्ध हुने विश्वास व्यक्त गरेका छन् ।

तर दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहम लगायत केही रिपब्लिकनले ट्रम्पलाई चुनाव सम्बन्धी कानुनी चुनौतीहरूको अनुशरणलाई जारी राख्न आग्रह गरेका छन्।

बाइडेनले आइतबार विलमिंग्टनमा आफ्नो घर नजिकको ब्रान्डवाईनस्थित सेन्ट जोसेफ चर्चमा भाग लिए । यहाँ उनी प्रत्येक साता जाने गर्छन् ।

उनले अरु समय प्रायः घरमै बिताए । उनका केही कर्मचारीले भिडियोमार्फत घण्टौ खर्च गरी संक्रमणकालीन योजना बनाउनेतर्फ केन्द्रित भएका थिए ।

ती योजनाहरू जोर्जियामा दुई सिनेटको दौडसँग पनि सम्बन्धित हुन सक्छन् किनभने यहाँ आगामी जनवरी ५ मा दोस्रो चरणको मतदान हुँदैछ । यो ठाउँमा रिपब्लिकनले ती सिटहरू जितेमा सिनेटमा रिपब्लीकनको बहुमत हुनेछ र बाइडेनको मन्त्रिमण्डल गठनमा ढिलाई हुनुका साथै बाइडेनले अघि सार्नु भएका कैयौं योजनालाई सहज रुपमा अघि बढाउन कठिन हुनेछ ।

शनिबार आफ्नो विजय भाषणको क्रममा बाइडेनले आफूले सबैलाई एकीकृत गरेर लैजाने बताएका थिए । उनले ट्रम्प समर्थकहरूलाई “एक अर्कालाई मौका दिन” आग्रह पनि गरेका थिए । रासस/एपी

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top