×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

भाइमसलाको माग र मूल्य घट्यो

२६ कार्तिक २०७७

काठमाडौँ: तिहारको समयमा बर्सेनि माग र मूल्य बढ्ने भाइमसलाको यस वर्ष भने माग र मूल्य दुवै घटेको छ । तिहारको बेला सधैँ महँगो हुने भाइमसलाको मूल्य १० देखि १५ प्रतिशतसम्म घटेको व्यवसायीले बताएका छन् ।

कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनको कारणले गर्दा स्टक पर्याप्त मात्रामा रहेकाले मूल्य घट्न गएको हो । पुरानै सामान पर्याप्त भएकाले लामो समयसम्म राख्दा बिग्रन सक्ने भन्दै मूल्य घटाएर बिक्री गर्न थालेको व्यवसायीले बताएका छन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यो वर्ष भाइमसलाको मूल्य १० देखि १५ प्रतिशत मूल्य घटेको जानकारी दिए । पुरानो सामान स्टकमा भएकाले व्यवसायीले मूल्य घटाएर बिक्री गर्न थालेको उनको भनाइ छ ।

तिहारमा अत्याधिक खपत हुने भाइमसलाको माग घटेसँगै मूल्यमा पनि कमी आएको व्यवसायीको भनाई छ । न्युरोडको मखनटोलस्थित विजय राजा स्टोरका सञ्चालक विजय थापाले यो वर्ष भाइमसलको कारोबार अघिल्ला वर्ष जस्तो बढ्न नसकेको बताए । “अघिल्ला वर्षमा तिहार सुरु हुनुभन्दा १५ दिन अगाडिदेखि नै कारोबार बढी हुने गरेको थियो,” उनले भने, “यस वर्ष भने तिहार सुरु हुनु चार दिनमात्र बाँकी भए पनि सामान खरिद गर्ने ग्राहक फाट्टफुट्टमात्र आउने गरेकाले व्यापार बढ्न सकेको छैन ।” अन्य सामान किन्ने ग्राहक आए पनि मसला किन्ने ग्राहक धेरै नआएको उनको भनाइ छ ।

विगतमा तिहारको समयमा भाइमसलाको बिक्री सामान्य दिनमा भन्दा करीब ५० प्रतिशतसम्मले बढ्ने गरेको भए पनि यस वर्ष विक्री ३० प्रतिशतमात्र जति मात्र रहेको व्यवसायीको भनाइ छ । सामान्य अवस्थामा समेत मसला बढी बिक्री हुने होटेल, रेष्टुराँ, मिठाई उद्योगजस्ता व्यवसाय लामो समयदेखि पूर्ण क्षमतामा बिक्री बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

संघका अनुसार पेस्ताको खुद्रा मूल्य गत वर्षभन्दा प्रतिकिलो १ सय रुपैयाँ घटेर १ हजार ७ सय रुपैयाँ कायम भएको छ । ओखर प्रतिकिलोमा ५० रुपैयाँ घटेर ६ सय रुपैयाँ कायम भएको छ भने सुकुमेलमा ३ सय रुपैयाँ घटेर पाँच हजार रुपैयाँ कायम छ । नरिवलमा प्रतिकेजीमा ५० रुपैयाँ घटेर ३ सय ८० रुपैयाँ रहेको छ भने बदाम प्रतिकेजी १ सय रुपैयाँ घटेर एक हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, काजुको मूल्य पनि प्रतिकिलो १ हजार ७५० बाट घटेर १ हजार ५५० रुपैयाँ कायम भएको छ । मखानाको खुद्रा मूल्य १ हजार सय रुपैयाँबाट घटेर प्रतिकिलो १ हजार कायम भएको छ । अञ्जीरको मूल्य पनि प्रतिकिलो २ सय रुपैयाँले घटेर २ हजारबाट १ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, अलैंचीमा प्रतिकेजी एक सय रुपैयाँ घटेर १ हजार १०० रुपैयाँ रहेको छ । त्यसैगरी खुर्पानी, दालचिनी, ल्वाङ, सुकुमेल, सुपारीलगायतको मूल्यसमेत घटेको छ ।

काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरी, कलंकीलगायत स्थानहरूमा किनमेल गर्नेको भीडभाड देखिए पनि भाइमसलाको व्यापार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

नेपालमा तिहारका लागि मात्रै व्यापारीहरूले ६० करोड रुपैयाँसम्मको भाइमसलाको कारोबार गर्ने बताउँछन् । भाइमसला छिमेकी मुलुक भारतलगायतका अन्य मुलुकबाट आयात हुने गर्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको २ महिनामा नेपालमा १ अर्ब ४६ करोड मूल्य बराबरको भाइमसलाको आयात भएको छ । गत आर्थिक वर्षमा मात्रै ४ अर्ब मूल्यको भाइमसलाको आयात भएको थियो ।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top