×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

नागरिकता वितरणमा ‘टोकन प्रणाली’ प्रभावकारी बन्दै

२७ कार्तिक २०७७

२७ कार्तिक, जुम्ला ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले शुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’ पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको छ ।

सेवाग्राहीको भिड कम गर्न र पालैपालो काम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले दुई महिनाअघि शुरु गरेको ‘टोकन प्रणाली’ को प्रभावकारिता बढ्न थालेको हो ।

सबै सेवाग्रहीको अधिकार समान भएकोले सरकारी काममा जो पहिला आउँछ सोहीअनुसार अनिवार्य सेवा प्रवाह गर्न ‘टोकन प्रणाली’ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

“सेवाग्राहीहरुले सम्पूर्ण प्रमाणहरु जुटाएपछि नागरिकता फाँटले एउटा टोकन दिन्छ । त्यो टोकनको आधारमा जो कोही पनि सेवाग्राहीले पालो कुरेर सेवा लिने गर्दा यो प्रणाली प्रभावकारी बनेको छ”, प्रजिअ थापाले भने, “यसले भिड कम र काममा पारदर्शिता ल्याएको छ ।”

कोरोनाबाट बच्न, बचाउन, ठेलमठेल हुन नदिन, पहुँचवालाहरु र नागरिकता बनाउनै पनि लाइन उछिन्ने प्रवृतिसमेत निरुत्साहित भएको उनले बताए । सेवाग्राहीलाई समान सेवाको अनभूति गराउन यो पद्धति शुरु गरिएको भन्दै प्रजिअ थापाले यो कामले कार्यालय र सेवाग्राही दुवैलाई सजिलो भएको र जनस्तरमा पनि सकारात्मक प्रभाव परेको बताए ।

उनले भने, “अहिले टोकन विधि प्रभावकारी बन्न थालेको छ । टोकन हातमा परेपछि सेवाग्रहीहरु ढुक्क हुन्छन् ।” जिल्ला प्रशासन कार्यालय जुम्लामा नागरिकताका लागि आएका स्थानीय परिमल रावतले पहिलेभन्दा अहिले नागरिकता लिन सजिलो भएको प्रतिक्रिया दिए ।

टोकन प्रणालीले पहुँचवाला जतिकै आवाजविहीनहरुलाई बढी सहयोग पुर्याएको उनको भनाइ थियो ।

इलेक्ट्रोनिक टोकन प्रणालीको तयारी

प्रमुख जिल्ला अधिकारी थापाले अहिले कडा कागज वा गोटीमा लेखेर भए पनि टोकन प्रणाली शुरु गरिएको बताए ।

उनका अनुसार अब थप व्यवस्थापन गर्न इलेक्ट्रोनिक प्रणाली शुरु गर्ने योजनामा जिल्ला प्रशासन कार्यालय रहेको छ । प्रमुख जिल्ला अधिकारी थापाले बजेट अभावले यसलाई अझ बढी व्यवस्थित बनाउन नसके पनि अब गृह मन्त्रालयमा यसका लागि सहयोग माग गर्नुपर्ने अवस्था भइरहेको जनाए ।

“करिब रु दुई लाख ५० हजारमा मेसिन आउँछ भन्ने सुनेका छौँ । यो मेसिन ल्याएमा बैंक जस्तै आवाजमा विद्युतीय प्रणालीबाट सेवाग्राही बोलाउने काम गर्छौँ”, उनले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले अहिले बाहिर माइक जोडिएको बताए । उनले भने, “टोकनवाला व्यक्ति अर्थात् सेवाग्रहीलाई माइकबाट नागरिकता फाँटले बोलाउने गरेको हुँदा थप सजिलो बनाएका छौँ ।

माइकको आवाज प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कक्षमा पनि निगरानी गर्न जोडिएको छ ।” तीन महिनाअघि पद बहाली गरेका प्रजिअ थापाले पद बहाली गरेपश्चात् ५२ बुँदे ‘जिल्ला प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गरेका थिए।

त्यसलगत्तै सेवाग्रहीको सहजता र प्रशासनिक काममा सरलता ल्याउन जिल्ला प्रशासन कार्यालय जुम्लाले टोकन प्रणालीबाट नागरिकता वितरण गर्ने सेवा कार्यान्वयनमा ल्याएको थियो । (रासस)

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top