अमेरिकामा टिकटकमाथि तत्काल प्रतिबन्ध लगाउन रोक

२८ कात्तिक ७७, शुक्रबार

२८ कार्तिक, एजेन्सी ।
अमेरिकाको वाणिज्य विभागले लोकप्रिय भिडियो एप टिकटकमाथिको प्रतिबन्ध लगाउने निर्णयलाई रोक लगाएको छ।

Advertisement

आमेरिकामा आजदेखि टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो। प्रतिबन्ध लागू भएको भए अमेरिकामा यो एप डाउनलोड गर्न निषेध हुने थियो। थप कानुनी विकासक्रमु लाई आधार बनाएर वाणिज्य विभागले प्रतिबन्ध लगाउने निर्णयलाई रोक लगाएको हो।

फिलाडेल्फियाको अदालतमा ती जनाले अमेरिकामा टिकटक चल्न पाउनुपर्ने भन्दै यार गरेको मुद्दालाई देखाउँदै तत्कालका लागि निषेध रोकिएको हो। यो निर्णयले १० करोड अमेरिकी टिकटक प्रयोगकर्तालाई राहत दिएको छ।

Advertisement

गत सेप्टेम्बरमा टिकटका चिनियाँ लगानीकर्ता कम्पनी बाइट डान्सले वालमार्ट र ओरेकलसँगको डिलमा टिकटक ग्लोबल नयाँ अंगका रुपमा अमेरिकामा रहने घोषणा गरेको थियो।

यसलाई डोनाल्ड ट्रम्पले एक हिसाबले समर्थन गरेका थिए। तर, मंगलवार टिकटकले अमेरिकी सरकारबाट दुई महिनामा कुनै प्रतिक्रिया पाउन नसकेको जनाएको छ।

Advertisement

राष्ट्रपति ट्रम्पले टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्ने बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्प र सेक्रेटर अफ स्टेट माइक पोम्पेइले बारम्बार टिकटकबाट चिनिया सरकारले सूचना पाइरहेको दावी गर्दै आएका छन्।

जसलाई टिकटकले नकार्दै आएको छ। भारत टिकटक ब्यान्ड भइसकेको छ। सीमामा विवाद चर्किँदा भारतले यसमाथि प्रतिबन्ध लगाएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top