×

NEPAL TIMES UPDATES

Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

बिग्रिएको बस जबर्जस्ती चलाउँदा दुर्घटनाः ९ जनाले ज्यान गुमाए, ३४ जना घाइते

२९ कार्तिक २०७७

२९ कात्तिक, काठमाडौं । बैतडीको डिलासैनी–२ गन्नाबाट बिहीबार साँझ ५ बजे महेन्द्रनगरका लागि छुटेको बसमा न यात्रु खचाखच थिए न त ओभरलोडको समस्या । तैपनि बाटोमा बेलाबेलामा इन्जिनमा समस्या आइरहेको थियो । स्टार्ट बन्द हुन खोज्दा चालक वीरेन्द्र कार्की रोक्थे ।

ठोकठाक पार्थे, स्टार्ट हुन्थ्यो, अघि बढाउँथे । झिँझो मानेका यात्रुले उत्रेर अर्को गाडी सजिलै पाउने विकल्प थिएन । हेर्दै, दिक्क मान्दै यात्रा गरिरहेका थिए ।

पहाडको बाटो । रातको समय । यात्रुमध्ये अधिकांश निदाएकै बेला पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको उक्त बस अचानक पल्टियो । राति करिब १० बजे पाटन नगरपालिका–८ खोड्पे बजारनजिकै बस सडकबाट करिब ६ सय मिटर तल खसेको हो । घटनामा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते छन् । मृत्यु हुनेमा ७ पुरुष र २ महिला छन् । बिग्रिएकै अवस्थामा जबर्जस्ती चलाउँदा दुर्घटना भएको घाइते यात्रुहरूले बताएका छन् । गन्नाबाट छुटेको केही समयमै बिग्रेको बस रोकेर बेलाबेला चालकले जाँच गर्दै चलाउँदै गरेको पनि घाइते यात्रुहरूले बताए ।

‘बिग्रेको बसले कसरी लैजान्छ, अर्को छैन चलाउन ? भन्दा ड्राइभरले केही हुँदैन, सामान्य खराबी हो भनेका थिए,’ डडेलधुरा अस्पतालमा उपचाररत घाइते कञ्चनपुरको शुक्लाफाँटा–७ का हर्कबहादुर धामीले भने, ‘गन्नाबाट छुट्दै एकपटक बिग्रिएको थियो, हिँडेपछि ठाउँ–ठाउँमा ठोकठाक गर्दै चलाइरहेका थिए ।’ बस सडकबाट खस्नुभन्दा केहीअघि पनि दुर्घटनाबाट जोगिएको उनले बताए । ‘बस पल्टिनुभन्दा आधा घण्टाअघि पाटनको उकालोमा पनि एक्सिडेन्ट हुनबाट जोगिएको थियो,’ उनले भने, ‘बसमा ओभरलोड, कोचाकोच पनि थिएन । सामान पनि धेरै थिएन, ड्राइभरको लापरबाहीले घटना भयो ।’

अर्का घाइते यात्रु बैतडी खोचलेकका रितेश भट्टले पनि पटक–पटक चालकलाई गाडी बिग्रिएको भए रोकिदिन आग्रह गरेको बताए । ‘मैले पनि दुईपटक अनुरोध गरें,’ उनले भने, ‘ठाउँ–ठाउँमा रोकेर हेर्दै चलाउँदै गरेका ड्राइभरले सामान्य खराबी भएको हो, आत्तिनु पर्दैन भनिरहेका थिए ।’ दुर्घटनाका अर्का घाइते अछामका अमृत कुमालले पनि चालकले जबर्जस्ती बस चलाउँदा दुर्घटना भएको बताए ।

‘म एक्स्काभेटर चलाउँछु, गाडीको खराबी थाहा छैन । मैले पनि बस बिग्रिएको भए नचलाउनुहोस् भनेको हुँ तर टेरेनन्,’ उनले भने, ‘पाटनको उकालोमा पनि बस पटक–पटक तलमाथि गर्दागर्दै मुस्किलले खोड्पेनजिक पु¥याएका हुन् ।’ खोड्पे पुग्नअघि नै उत्रिन खोजे पनि चालकले सामान्य खराबी भनेकाले नझरेको पनि उनले बताए । ‘बेलैमा डडेलधुराको स्याउले पुगे धनगढीबाट अछाम जाने बस पाइने आसमा म झरिनँ, गल्ती भयो,’ उनले भने, ‘बसमा खराबी भएको अनुमान भइसक्दा पनि यात्रा गरें, त्यसैको फल हो टाउकोमा गम्भीर चोट लाग्यो । धन्न ज्यानचाहिँ बच्यो ।’

दुर्घटनामा बस मालिकसमेत रहेका चालक बैतडीको खोचलेकका कार्की पनि घाइते छन् । आफैं मालिक पनि चालक पनि भएकाले केही नहोला भन्ने सोचेरै यात्रा गरेको घाइतेहरूले बताएका छन् । दुर्घटनाका गम्भीर घाइते सबैलाई डडेलधुरा अस्पतालले धनगढी रिफर गरेको छ । सामान्य घाइतेमध्ये ९ जना डडेलधुरामै उपचाररत छन् । केहीलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

प्रहरीले भने चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । ‘अझै कारण पक्का भइरहेको छैन । अनुसन्धान गर्दैछौं,’ बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीले भने । दुर्घटनामा घाइते चालक कार्कीको धनगढीको माया मेट्रो हस्पिटलमा उपचार भइरहेको छ । चालक कार्कीले बसमा कुनै खराबी पहिला नदेखिएको र एक्कासि स्टेरिङ अड्किएर बायाँ मोड्न नपाउँदा बस दुर्घटनामा परेको दाबी गरेका छन् । ‘उकालोमा दायाँ भीरको मोडबाट गाडीलाई बायाँतिर मोड्न नसकेर गाडी पल्टियो,’ उनले भने ।

माया मेट्रोमा उनीसँगै सात जना घाइतेको उपचार भइरहेको छ । ती घाइतेहरूले आफूहरू झ्याल र ढोकाबाट बाहिर खसेकाहरूको ज्यान बाँचेको बताएका छन् । बसभित्रबाट बाहिर निस्कन नपाएकालाई बढी चोट लागेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय कवीन्द्रप्रसाद जोशी, २७ वर्षीय करनसिंह ऐरी, ३० वर्षीय करणबहादुर चन्द, दार्चुलाको मालिकार्जुन–५ डाँडागाउँका ४२ वर्षीय जगन्नाथ ओझा, दार्चुला खरकडाका ७५ वर्षीय तर्कराज गिरी, कञ्चनपुरको भीमदत्त–१० की ६५ वर्षीया विजनादेवी धामी, भीमदत्त–८ तिलाचौरकी १६ वर्षीया कृतिका कार्की, कैलालीको धनगढी–१४ फूलबारीका २६ वर्षीय नरेन्द्र चौधरी र धनगढीकै आदर्श टोलका ५९ वर्षीय ऋषिराम चौधरी छन् । मृतकमध्ये जोशी दोगडाकेदार गाउँपालिकाका कर्मचारी, चन्द प्रहरी जवान र ओझा शिक्षक हुन् ।

उपचारका क्रममा डडेलधुराको अस्पतालमा मृत्यु भएकी कृतिका कार्कीबाहेक अन्य सबै मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शुक्रबार साँझबाट मात्रै शवको पोस्टमार्टम सुरु भएको प्रहरीले जनाएको छ ।

बस पल्टिएको खबर पाउनासाथ राति नै डीएसपी अधिकारीको नेतृत्वमा उद्धारका लागि टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयले मिलेर घाइतेहरूको रातिबाटै उद्धार गरेका थिए । गन्नाबाट दुर्घटना भएको स्थानसम्म बढीमा साढे ३ घण्टामा पुग्नुपर्ने गाडी ५ घण्टा लाग्नुले नै बसको अवस्था ठीक नभएको शंका गर्ने ठाउँ रहेको प्रहरीले जनाएको छ ।

अधुरै रह्यो लोक सेवा सपना

माइतीमा तिहार मनाएर लोक सेवा तयारी गर्न काठमाडौं जाने भन्दै बैतडी, दोगडाकेदार गाउँपालिकाको सेलनाबाट २४ वर्षीया विमला कुँवर ऐरी श्रीमान्सँगै कञ्चनपुरको बेलौरी आउँदै थिइन् । राति बसमा मीठो गीत पनि गुन्जिरहेको थियो । काखको डेढ वर्षीय बालक दूध चुसिरहेको थियो ।

उनी पनि निदाउन लागेकी थिइन् । त्यही बेला सन्तुलन बिग्रिँदै गड्याङगुडुङ आवाजसहित बस खस्यो । उनी बेहोस भइन् । होस खुल्दा भिरालो जमिनमा अड्केको पाएको विमलाले बताइन् । ‘छेवैमा छोरो रोइरहेको थियो, उसको टाउकोमा चोट लागेर रगत बगेको थियो । झट्पट टिपेर काखमा च्यापें,’ धनगढीको माया मेट्रो अस्पतालमा छोरासँगै उपचाररत उनले भनिन्, ‘श्रीमान्लाई यताउता हेरे पनि देखिनँ । धेरै जना ठूल्ठूलो आवाजमा रोइकराई गरेको मात्रै सुनें ।’ केहीबेरपछि उद्धार गर्न आएकाले माथि सडकसम्म पु¥याएको उनले बताइन् ।

बैतडीमा बिहीबार राति भएको बस दुर्घटनाकी घाइते विमला कुँवर धनगढीस्थित मायामेट्रो अस्पतालमा । तस्बिर ः मोहन बुढाऐर

उनी श्रीमान्को खोजी गरिरहेकी छन् । ‘खोइ मेरो श्रीमान् कता हुनुहुन्छ भनेर खोजी गर्छिन्,’ अस्पतालमा रहेका उनका एक आफन्तले भने, ‘अहिलेसम्म हामीले श्रीमान् करनसिंह ऐरीको घटनास्थलमै मृत्यु भएको बताउन सकेका छैनौं ।’ उनीसँगै बच्चाको उपचार धनगढीको माया मेट्रो अस्पतालमा भइरहेको छ । करन बसमुनि च्यापिएका थिए । उनी झ्यालतर्फ बसेकीले बीचमै खसेकी थिइन् । बस खस्दै गर्दा झ्याल खुलेर उनी काखको छोरासँगै खस्न पुगेकी थिइन् ।

‘भीरबाटै १०० डायल गरें’ पुरन टमटा (घाइते)

म काठमाडौं बसेर पढ्छु । असोजमा बुबा खस्नु भएर घर आएको थिएँ । तिहार नभएकाले काठमाडौं जान बिहीबार फर्कंदै थिएँ । बसको २ नम्बर सिटमा थिएँ । कानमा इयरफोन लगाएर गीत सुनिरहेकाले बस पल्टिँदा झ्यालबाट खसेको थाहा भएन । भिरालोमा बस अड्किएको थाहा पाएपछि झस्किएँ । आत्तिए पनि सम्हालिँदै मोबाइल छामें, खल्तीमै रहेछ ।

एकछिन त कसलाई फोन गरौं भयो । तुरुन्तै पुलिसको १०० नम्बर डायल गरें । बैतडी प्रहरीलाई बस दुर्घटना भएको खबर गरें । केहीबेरमा प्रहरी घटनास्थलमा आइपुग्यो । त्यतिबेलासम्म सडकमा उक्लिसकेको थिएँ । मेरो टाउकोमा चोट लागेको छ । सिटी स्क्यानका लागि धनगढीको मेट्रो अस्पतालमा ल्याइएको हो ।

(कुराकानीमा आधारित)

यो समाचार ईकान्तिपुरबाट साभार गरिएको हो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top