१ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनासहित हालसम्म १ हजार २ सय ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज आइतबार थप १ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।
त्यस्तै आज २ हजार ९ सय ३४ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या भने ३३ हजार ३ सय ७९ पुगेको छ ।