×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा

२ मंसिर २०७७

२ मंसिर, एजेन्सी ।
अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको बताएका छन्।

अफगानिस्तानमा सन् २०२१ को ज्यानुअरीसम्म आधा सैनिक फिर्ता गरेर २,५०० जनामा झारिने अधिकारीहरूले बताएका छन्। त्यस्तै इराकमा ५०० सैनिक कटौती गरेर २,५०० मात्र राखिने बताइएको छ।

राष्ट्रपति ट्रम्पले यसअघि नै क्रिसमससम्म सबै सैनिकलाई घर फर्काउने चाहेको बताएका थिए। सैनिक फिर्ता ल्याउने काम ज्यानुअरी १५ सम्म सकिनुपर्ने सञ्चारमाध्यमले जनाएका छन्।

त्यो भनेको जो बाइडनले राष्ट्रपतिका रूपमा काम थाल्नुभन्दा एक दिनअघि हो। राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका छन्।

उनले अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउने गरेका छन्। एपी समाचार संस्थाले उदृत गरेका अधिकारीका अनुसार सैन्य नेतृत्वलाई सप्ताहान्तमा सेना फिर्ता गर्ने योजनाबारे बताइएको थियो।

उनीहरूले एउटा कार्यकारी आदेश तयार पारिएको बताएका छन्। सेप्टेम्बरमा पेन्टागनले इराकबाट एक साताभित्र एक तिहाइभन्दा बढी सेनालाई फिर्ता ल्याउनुपर्ने बताएको थियो।

त्यसबेला उसले ५,२०० सैनिक सङ्ख्यालाई घटाएर ३,००० बनाएको थियो। त्यसबेला मध्यपूर्वका लागि उच्च अमेरिकी कमाण्डर जनरल केनेथ म्याकेन्जीले जिहादी समूह इस्लामिक स्टेटको बाँकी रहेको अवशेष अन्त्य गर्न इराकमा रहेका अमेरिकी सेनाले इराकी सुरक्षा बललाई सल्लाह दिन र सहयोग गर्न जारी राख्ने बताएका थिए।

अमेरिकी नेतृत्वको फौजले सन् २००३ मा इराक कब्जा गरेको थियो र राष्ट्रपति सद्दाम हुसेनलाई हटाएको थियो। उक्त सेनाले आम नरसंहारकारी हतियार नष्ट गरेको बताइएको थियो तर पछि त्यस्तो हतियार अस्तित्वमा नरहेको खुलासा भएको थियो।

अफगानिस्तानमा भने सन् २००१ देखि अमेरिकी फौज रहेको छ। सन् २००१ सेप्टेम्बर ११ मा अल(कायदाद्वारा अमेरिकामा गरिएको हमलाको केही सातापश्चात् अमेरिकी नेतृत्वको संयुक्त सेनाले अफगानिस्तानबाट तालिबान सत्ता अन्त्य गरिदिएको थियो।

त्यसबेला अफगानिस्तान अल–कायदाको आधार क्षेत्र रहेको थियो। तालिबान पुनः सङ्गठित भयो र सन् २०१८ देखि देशको दुई तिहाइ भागमा सक्रिय रहेको छ।

अमेरिकाले यसै वर्षको सुरुदेखि तालिबानसँगको शान्ति सम्झौता अनुसार आफ्ना सेना फिर्ता गर्न थालेको थियो।(बीबीसी)

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top