२ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनासहित हालसम्म १ हजार २ सय ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज मंगलबार मात्र ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।
त्यस्तै आज २ हजार ८ सय ७८ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या भने ३० हजार ९ सय ८६ पुगेको छ ।