×

NEPAL TIMES UPDATES

Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026
Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026
Playing
आफैंले शिखरमा पुर्याएको एमालेलाई ओलीले आफैंले सक्काए !|| Nepal Times
Mar 19, 2026

हार नस्विकार्ने ट्रम्पको हठ बाइडेनलाई भारी पर्याे

२ मंसिर २०७७

२ मंसिर, काठमाडौं । भारी बहुमतका साथ अमेरिकाको नयाँ राष्ट्रपति पदमा जो बाइडेनले बाजी मारिसकेका छन् । उनलाई उनकै दल डेमोक्रेटिक पार्टी, उनको समर्थनमा रहेका अमेरिकी जनता, रुस र चीन वाहेक विश्वका विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरुले बधाई पनि दिइसकेका छन् । तर एक कार्यकाल सकेर दोस्रो कार्यकालको ठूलो सपना देखेका रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने हारलाई स्विकार गर्ने पक्षमा देखिएका छैनन् ।

सत्तालोलुपता र सर्वसत्तावादको पर्याय बन्दै कानून बाहिर गएर आफ्नो ब्यक्तिगत हठ उनले देखाईरहेका छन । उनले बाइडेनको जीतलाई मान्यता नै नदिने बताइरहेका छन् । त्यस्तै ट्रम्पको अभियानले विभिन्न राज्यहरूमा मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ । राष्ट्रपतीय निर्वाचनपछि संक्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसनले अझै बाइडन र कमला ह्यारिसलाई विजेता घोषित गरेको छैन । उनीहरू आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन् । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नु भएको बताएका छन् ।

Advertisement

सोमवारको आफ्नो मन्तव्यमा बाइडनले अस्वीकारलाई पूर्णरूपमा गैरजिम्मेवार बताएका थिए । यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए थप मानिसहरूको ज्यान जान सक्ने जो बाइडनले चेतावनी पनि दिए । पदासीन राष्ट्रपतिले निर्वाचनमा बाइडन विजयी भएको स्वीकार गर्न नमान्दा बाइडनले अमेरिकी सुरक्षा चुनौतीबारे स्वाभाविक रूपमा दिनहुँ पाउनुपर्ने गुप्तचरी सूचना पाएका छैनन् ।यो अवस्था जति लम्बिन्छ राष्ट्रिय सुरक्षा हेर्ने नयाँ समूहले उति नै समस्या खेप्नुपर्ने हुनसक्छ ।

इरानजस्ता अरू देशले पनि यो अन्योलग्रस्त परिस्थितिको लाभ लिन सक्छन् । सत्ता हस्तान्तरणको संक्रमणकाल जटिल भइदिँदा त्यसले राष्ट्रिय सुरक्षालाई प्रभावित पार्नेछ । हारलाई अस्वीकार गरेर ट्रम्पले राष्ट्रिय सुरक्षाका सवालमा देशलाई घाटा हुने सिथतीतर्फ डोराईरहेको विश्लेषण गरिएको छ । सत्ताहस्तान्तरणको प्रक्रिया अघि नबढ्दा अमेरिकाका विपक्षी राष्ट्रहरुले समेत फाइदा लिन सक्ने सुरक्षाविद्हरुले आशंका गरेका छन ।

सन् २००१ को सेप्टेम्बर ११ मा भएका घटनाबारे छानबिन गर्न गठित आयोगले बिल क्लिन्टनले जर्ज डब्ल्यू बुशलाई सत्ता हस्तान्तरण गर्ने अवधि छोटो भएकाले न्यूयोर्क र वाशिङ्टनमा रोक्न नसकिएको निष्कर्ष निकालेको थियो । सन् २००० को निर्वाचनमा पनि विवाद उत्पन्न भएकाले सत्ता हस्तान्तरणका बेला नयाँ टोली निर्माण गर्न र आवश्यक गतिमा काम गर्न कठिन भएको बताइन्छ ।

अमेरिकामा चुनावपछि पदमुक्ति र नयाँ नियुक्तिको शृङ्खला तथा अझै त्यसो हुनसक्ने हल्लाले अमेरिकी गुप्तचर र राष्ट्रिय सुरक्षा निकायहरूमा समेत अन्योल उत्पन्न भएको छ । सत्ता हस्तान्तरणको सङ्क्रमणमा देखिएको यो अन्योल साँच्चै खतरनाक हुनसक्ने डर पैदा भएको बताइएको छ ।

वर्तमान राष्ट्रपतिले रक्षामन्त्रीसहित पेन्टागनबाट उच्च पदस्थ अधिकारीहरूलाई हटाउनु त्यसको आरम्भ भएको धेरैको मत छ । यीमध्ये केहीमा ट्रम्पले आफ्नो कार्यकालको अन्त्यतिर आफूले चाहेअनुसार नीतिगत कुरा गर्न खोजेको अनि त्यसको विपक्षमा हुने व्यक्तिलाई हटाएको हुनसक्ने टिप्पणी गरिएको छ ।

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

सम्बन्धित खबरहरु

Scroll to Top