एकैदिन डिस्चार्ज भए ३,५३८ जना, थपिए १,४४२ संक्रमित

३ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनासहित हालसम्म १ हजार २ सय ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

आज बुधबार १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।

त्यस्तै आज ३ हजार ५ सय ३८ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ । आज सक्रिय संक्रमितको संख्या भने २८ हजार ८ सय ७८ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top