४ मंसिर, काठमाडौं ।
नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार दुई सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
देशभर आज थप दुई हजार एक सय तीन जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ ।
त्यस्तै देशभरका सस्थागत तथा होम आइसोलेसनबाट आज दुई हजार आठ सय ५८ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या एक लाख ८५ हजार छ सय ३८ जना रहेको मन्त्रालयले जनाएको छ ।