×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

‘फल्स चेम्बर’ बनाएर पेट्रोल चोरी, एक महिनामा ८ हजार लिटर चोरीको आशंका

५ मंसिर २०७७

काठमाडौँ: इन्धन ढुवानी गर्ने ट्यांकर चालकले नयाँ जुक्ति निकालेर पेट्रोल चोरी गरिरहेको फेला परेको छ । इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरीबाट पेट्रोल आयात गरिरहेका ना७ख ३६९६ र ना७ख २९९५ का ट्यांकरमा फल्स चेम्बर (पार्टिसन) बनाई पेट्रोल चोरी गरेको भेटिएको हो ।

एक महिनायता चालकका गतिविधि शंकास्पद देखिएको नेपाल आयल निगमको वाग्मती प्रादेशिक कार्यालय थानकोट डिपो प्रमुख प्रदीप यादवले बताए ।

Advertisement
Advertisement

‘बरौनीबाट आयातित इन्धन निगमको डिपोमा झार्नुपर्छ । एक महिनायता केही नोक्सान देखिएपछि दुई वटा ट्यांकरमा शंका लागेको थियो,’ उनले भने, ‘नोक्सान देखिएपछि शंकास्पदलाई छानबिन गर्दा चोरी गरेको देखियो ।’ यादवका अनुसार बरौनीबाट करिब दुई सय ट्यांकरले पेट्रोल ढुवानी गर्दै आएका छन् । एउटा ट्यांकरले एक महिनामा चार ट्रिप गर्छन् । दुई वटा ट्यांकरबाट करिब आठ हजार लिटर चोरीको आशंका रहेको उनले बताए ।

दुई ट्यांकर शंकाको घेरामा परेपछि बिहीबार नै केन्द्रीय कार्यालयबाट निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीसहितका प्राविधिक कर्मचारी ट्यांकरको परीक्षण गर्न थानकोट पुगेका थिए । सोही क्रममा दुवै ट्यांकरमा पार्टिसन गरेको भेटिएको थियो ।

Advertisement

सामान्यतया ट्यांकरमा २० हजार लिटर इन्धन अट्ने विभागका महानिर्देशक पुडासैनीले बताए । त्यसमा चार हजार लिटरका दरले पाँच वटा चेम्बर हुन्छन् । ‘ना७ख ३६९६ र ना७ख २९९५ मा तेस्रो नम्बरको चेम्बरमा दुई भाग लगाइएको छ । एकतिरको भागमा करिब १ हजार लिटर इन्धन अट्ने देखिन्छ । निगमले डिप हेरेर इन्धन झिक्ने हो, चेम्बर पार्टिसन गर्दा डिपमा फरक पर्दैन,’ उनले भने, ‘त्यसको मतलव बाटोमा तेल झिक्ने काम हुँदो रहेछ भन्ने भयो । यो एकदमै ठूलो बदमासी हो ।’, याे खबर कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top