उदयपुरबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित एक जना पक्राउ

४ मंसिर ७७, शुक्रबार

५ मंसिर, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित एक जना पक्राउ परेका छन् ।

नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो साँढे ३ बजे साउनेबाट गाईघाट तर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा बरामद गरेको हो ।

अटोबाट सालकको खबटा बरामद भएसंगै अटो चालक त्रियुगा नगरपालिका(१४ का ४१ बर्षीय पहलमान कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top