×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

कच्ची सडकका कारण ग्रामीण क्षेत्रको यातायातमा कठिनाइ

६ जेष्ठ २०७५

ताप्लेजुङ, ६ जेठ ः गत महिना वर्षाका कारण कच्ची सडक भत्किएर हिलाम्मे भएकै कारण सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा एउटा ट्रक र ट्र्याक्टर चिप्लिएर पल्टिन पुग्यो ।

ना६ख २००० नंको ट्रक हिलाम्मे बाटोमा चिप्लिएर सडकबाट झण्डै सय मिटर तल भरेको थियो । अघि–अघि गुडिरहेको ट्र्याक्टर पनि सो ट्रकको ठक्करबाट एकै समयमा पल्टिन पुग्यो ।

“बर्षाकै कारण कच्ची सडक हिलाम्मे भएर गाडी पल्टियो, गाडी किन्दैको ऋण तिरिसक्या छैन, अहिले लाखौँ खर्चिएर मर्मत गरिरहेको छु, सायद बाटो राम्रो भएको भए यो हालत हुने थिएन”, ट्रक धनी आम्बेगुदिनका खगेन्द्र कुवँरले भने ।

Advertisement

बर्षाभर जिल्लाको ग्रामीण क्षेत्रका कच्ची सडक भत्किएर साँघुरो र हिलाम्मे हुने भएकाले बर्षेनी सवारी दुर्घटना हुने गरेका छन् ।
हिलाम्मे सडकमा गाडी फस्ने गरेकाले सवारी चालक र यात्रुले समेत सास्ती बेहोर्दै आएका छन् । ग्रामीण क्षेत्रमा सवारी साधन चलाउँदै आउनुभएका एक चालकले भने, “बर्षा शुरु भएसँगै कच्ची बाटो भत्किएर हिलाम्मे हुने गरेकाले गाडी फसेर साह्रै दुःख पाइन्छ, अर्कातर्फ गाडी पल्टिने चिन्ता पनि धेरै हुन्छ ।”

कहिलेकाहीँ यात्रुलाई समेत ओरालेर फसेको गाडी ठेल्न र तान्न लगाउनुपर्ने अवस्था आइपरेको उल्लेख गर्दै उनले भने, “कहिले समयमै गन्तव्यमा पुग्न नपाइने त कहिले गाडी फसेपछि बीच बाटोमा नै यात्रुलाई ओरालेर हिँडाउनुपर्ने हुन्छ। ”

यसरी बर्षेनी चालक तथा यात्रुले वर्षाभर दुःख पाउने गरेका छन् । यो वर्ष पनि बर्षा लागेसँगै जिल्लाका कच्ची सडकमा यातायातमा कठिनाइ हुन थालेको छ ।

कतिपय ठाउँमा स्तरोन्नतिका लागि हिउँदमा भत्काइएका सडक निर्माणमा ढिलाइ हुँदा समस्या भएको छ । पाथीभरा जाने सुकेटारदेखि भालुगौँडेसम्मको नौ किलोमिटर मध्येको आधाजसो सडक समयमा मर्मत नहुँदा तीर्थयात्रीको बिजोग नै हुने गरेको छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top