×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

२३ चैत्र २०८२

२३ चैत , काठमाण्डौ।

इरानको जवाफी प्रत्याक्रमण नरोकिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकपछि अर्को धम्की दिइरहेका छन्। तर इरानले यसको जवाफ खाडी राष्ट्रहरुमा आक्रमण गरेर तथा तेल निर्यातको मुख्यजलमार्ग होर्मुजमाथि नाकाबन्दी लगाएर दिइरहेको छ। यस क्रममा ट्रम्पले चाँडै सहमतिमा आएन भने इरानका सबै कुरा ध्वस्त पारिने र तेल कब्जा गरिने चेतावनी दिएका छन्।

Advertisement
Advertisement

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘यदि चाँडै सम्झौता भएन भने म सबै कुरा नष्ट गर्ने र तेल कब्जा गर्ने विचार गरिरहेको छु।’ यद्यपि उनले सम्झौताको सम्भावना अझै समाप्त नभएको पनि बताएका छन्। उनले भने, ‘सम्झौता हुने राम्रो सम्भावना छ र वार्ता जारी छ।’  यसअघि आइतबार ट्रम्पले इरानलाई अप्रिल ६ सम्मको समयसीमा तोक्दै सम्झौता नगरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।

तर यसविरुद्ध इरानी सेनाले कडा प्रतिक्रिया दिएको छ। इरानी सेनाको मुख्यालय (खातम अल–अन्बिया) का कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले आक्रमण गरिए अमेरिका र अमेरिकी सेना जोडिएका सबै पूर्वाधारमा हमला गरिने चेतावनी दिएका हुन्। बीबीसी फारसीका अनुसार उनले विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकाले आक्रमण गरेमा हामी उनीहरूका आतंकवादी सेना र यहुदी शासनसँग सम्बन्धित सबै पूर्वाधारमा निरन्तर हमला गर्नेछौँ।’

अब्दुल्लाहीले अगाडि भनेका छन्, ‘हामीमाथि लादिएको यो युद्ध सुरु गरेदेखि नै हामीले भनेका सबै कुरा गरिरहेका छौँ। यस सन्देशको सरल अर्थ के हो भने नर्कको द्वार तिम्रा लागि खुल्नेछ।’ गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ।

बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार÷अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ। जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ। विभिन्न एजेन्सीको पछिल्लो तथ्यांकमा आधारित भन्दै रोयटर्सले सार्वजनिक गरेको मृतकको विवरण अनुशार इरानमा ३ हजार ५१९ जना मारिएका छन् ।

अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्। यस्तै लेबननमा १,३१८ जना , इराकमा कम्तीमा १०७ जना , इजरायलमा १९ जना र अमेरिकामा १३ जना मारिएका छन् ।

अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ। यता खाडी राष्ट्रहरुमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।

यसैबिच इरानसँग युद्ध सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएको र ३६५ सैन्य कर्मचारी घाइते भएको तथ्यांक अमेरिकाले सार्वजनिक गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलमार्ग होर्मुज स्ट्रेट खुला गर्न दबाब दिइरहेका बेला यसका लागि इरानले सर्त राखेको छ।

बीबीसीका अनुसार इरानको राष्ट्रपति कार्यालयका एक अधिकारीले युद्धका क्रममा भएको नोक्सानको क्षतिपूर्तिस्वरूप ‘ट्रान्जिट टोल’ (मार्ग प्रयोग गरेबापत शुल्क) लागु गरिने भए मात्र होर्मुज मार्ग पुनः खोलिने बताएका हुन्। इरानको राष्ट्रपति कार्यालयका अधिकारी मेहदी तबताबाईले भनेका छन्, ‘यदि युद्धमा भएको नोक्सानको क्षतिपूर्तिका लागि एक हिस्साका रूपमा ट्रान्जिट टोल प्रयोग गरिन्छ भने मात्र होर्मुज स्ट्रेट फेरि खोलिनेछ।’

त्यसो त यसअघि नै इरानका अधिकारी र सांसदहरूले ऊर्जा ढुवानीका लागि महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज स्ट्रेट प्रयोग गर्ने जहाजसँग शुल्क लिने सम्भावना व्यक्त गरिसकेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति टिप्पणी गर्दै तबताबाईले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले युद्ध भड्काउनुभएको छ र धम्की जारी राख्नुभएको छ।’

उनले ट्रम्पको अभिव्यक्ति ‘निराशा र क्रोधपूर्ण’ तथा ‘अपमानजनक र आधारहीन’ भएको बताएका छन्। अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो। विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ।

यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।

युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ। अमेरिका–इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ।जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ। यता युद्धकै बीच इरानी भूमिमा खसेका आफ्ना एक एयरम्यानलाई अमेरिकाले साहसिक रुपमा उद्धार गरेको छ ।

इरानले खसालेको अमेरिकाको एफ–१५ लडाकु विमानका एयरम्यान अर्थात् लडाकु विमानका हतियार अपरेटरलाई ३६ घन्टाको रेस्क्यु अपरेसनपछि अमेरिकी विशेष फोर्सले उद्धार गरेको हो । शनिबार अमेरिकाको स्पेसल कमान्डो युनिटले दर्जनौँ लडाकु विमानसहित इरानमा अपरेसन सञ्चालन गरेको थियो, जसमा अमेरिकी लडाकु विमानले इरानी सेनालाई अमेरिकी पाइलट भएको क्षेत्रसम्म पुग्न नदिन व्यापक हमला गरेका थिए ।

यस क्रममा इरानको सेना आईआरजीसीले अमेरिकी रेस्क्यु अभियानमा सामेल सी–१३० क्याटगोरीको एउटा विमानसमेत खसालिदिएको थियो, जसमा दुई अमेरिकी सैनिकमध्ये पाइलटको शुक्रबार नै उद्धार गरिए पनि अर्का एक जना एयरमेन बेपत्ता थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासकै सबैभन्दा साहसी सर्च एन्ड रेस्क्यु अपरेसन सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेका छन् ।

ट्रम्पको यो घोषणाले इरानी आकाशमा अमेरिकी लडाकु विमान खसेको पुष्टि भएको छ । यसअघि कतारमा पनि तीन लडाकु विमान खसेका थिए, जसलाई अमेरिकाले गल्तीवश कतारले विमान खसालेको दाबी गरेको थियो । तर, इरानविरुद्धको युद्धमा अहिलेसम्म अमेरिकाका करिब १ दर्जन लडाकु विमान खसिसकेका छन् ।

इरानमा अमेरिकी लडाकु विमान खसालेपछि अमेरिका र इरान दुवैले पाइलट खोजिरहेका थिए । तर, पाइलटलाई सुरक्षित रूपमा उद्धार गरेर सबै अमेरिकी सैनिक इरानको सीमाबाट निस्किएको बताइएको छ । इरानले खसालेको लडाकु विमानमा दुई जना थिए, एक जना पाइलट र एक जना एयरमेन ।

एयरमेन प्यारासुटबाट उत्रिएपछि घाइते भएका थिए । चोट लागे पनि उनी हिँडडुल गर्न सक्ने अवस्थामा थिए । उनी इरानको पहाडी इलाकामा एक दिनभन्दा लामो समय इरानी नागरिक र सेनाको नजरबाट बच्न सफल भए । उनी कठिन पहाडी इलाकामा लुकेर बसेका थिए । इरानभित्र एयरमेनको खोजी निकै कठिन र खतरनाक थियो ।

तर, सीआईएले इरानभित्र उनलाई फेला पारिसकेको र निकाल्ने तयारी भइरहेको गलत जानकारी फैलायो र इरानी सेनाको खोजी अभियान अर्को दिशातिर भड्काइदियो । योसँगै विशेष प्रविधि प्रयोग गरेर एयरमेनको सही लोकेसन पत्ता लगाएको थियो , लगत्तै ट्रम्पले तत्काल उद्धार अभियान सुरु गर्न निर्देशन दिएका थिए ।

Advertisement

शनिबार विशेष कमान्डो युनिटले ठूलो मात्रामा हवाई सुरक्षासहित अपरेसन चलायो । अमेरिकी लडाकु विमानले इरानी फोर्सलाई सो क्षेत्रसम्म पुग्न रोक्न भीषण हमला गरेका थिए । घाइते एयरमेनसँग एउटा पेस्तोल मात्रै थियो । तर, भीषण गोलीबारीसँगै अमेरिकी टोली पुगेर उनको उद्धार गरेको हो । इरानले भने अमेरिकी ती सैनिकलाई पक्राउ गर्न इनाम घोषणा गरेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top