×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

घट्यो अधिकांश वाणिज्य बैङ्कको नाफा, खुम्चियो लाभांश

७ मंसिर २०७७

काठमाडौँ: मलुकमा कोरोना सङ्क्रमण सुरु भएयता सुस्ताएको अर्थतन्त्रसँगै बैङ्कहरू पनि सुस्त रहँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैङ्कको नाफामा सङ्कुचन आएको छ । कोरोना सङ्क्रमणकै कारण व्यवसाय विस्तारमा असर पर्नुका साथै पर्याप्त कर्जाको माग नआउँदा बैङ्कहरूको नाफा र लगानीकर्ताले पाउने लाभांशमा पनि कमी आएको छ ।

कोरोना कहरकै कारण चालू आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा वाणिज्य बैङ्कहरूको नाफा घट्दा वितरणयोग्य नाफा ५४.४१ प्रतिशत अर्थात् साढे चार अर्ब रुपियाँले घटेको छ । यो अवधिमा २७ वाणिज्य बैङ्कले तीन अर्ब ७६ करोड रुपियाँ वितरणयोग्य नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्षको २०७६/७७ को पहिलो त्रैमासको तुलनामा ५४.४१ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा बैङ्कहरूले आठ अर्ब २६ करोड रुपियाँ वितरणयोग्य नाफा गरेका थिए ।

कोरोना कहरका बीच पनि जनता बैङ्कसँग मर्जर गरेकाले ग्लोबल आईएमई बैङ्कले भने अधिकांश वित्तीय सूचक मजबुत बनाएको छ भने नाफा, चुक्ता पुँजीलगायतमा ग्लोबल आईएमई, प्राइम, एनएमबी, मेगालगायतका बैङ्कको ठूला संस्था मर्ज तथा एक्विजिसन गरेका कारण पनि धेरै वृद्धि देखिएको छ ।

एनआईसी एसिया बैङ्क नाफा विस्तारमा अगाडि छ भने नबिल बैङ्कको भने नाफा आर्जनमा अघिल्लो वर्षको तुलनामा सङ्कुचन आएको छ । अघिल्लो वर्ष नाफा आर्जनमा अघि रहेका राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क, नेपाल इन्भेस्टमेन्ट, नेपाल बैङ्क, एभरेस्ट, हिमालयनलगायत पुराना बैङ्क पनि सुस्ताएका छन् ।

गत वर्ष मात्रै कैलाश विकास बैङ्कसँग मर्जर सम्पन्न गरेको प्राइम बैङ्क, किस्ट बैङ्क, ग्रान्ड बैङ्क र प्रभु फाइनान्स मिलाएर बनेको प्रभु बैङ्कको उपस्थिति पनि राम्रो देखिएको छ । पहिलो पाँचको सूचीमा रहँदै आएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको नाफा घट्दा यसपटक पहिलो पाँचमा परेन । विकास बैङ्कहरूलाई मर्जर गराएको एनएमबी बैङ्कको नाफाको वृद्धि दर पनि उच्च देखिएको छ । गत वर्षको सोही अवधिको तुलनामा एनएमबी बैङ्कको नाफा १६८.६५ प्रतिशतले बढेको छ ।

उच्च नाफा आर्जन गर्ने पहिलो पाँच बैङ्कको सूचीमा रहेकामध्ये ग्लोबल आईएमई बैङ्कले एक अर्ब पाँच करोड ८८ लाख, नबिल बैङ्कले एक अर्ब तीन करोड ५७ लाख, एनआईसी एसिया बैङ्कले एक अर्ब दुई करोड १० लाख, प्राइम कमर्सियल बैङ्कले एक अर्ब एक करोड ७६ लाख र प्रभु बैङ्कले ८५ करोड रुपियाँ नाफा आर्जन गरेका छन् ।

चालू आवको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा नाफा बढाउने बैङ्कहरूमा ग्लोबल, एनआईसी एसिया, प्राइम, प्रभु र एनएमबीका अतिरिक्त मेगा, कुमारी, नेपाल बङ्गलादेश बैङ्क र सिटीजन्स बैङ्क रहेका छन् । सबैभन्दा कम नाफा आर्जन गर्ने बैङ्कमा सिभिल, एसबीआई, सेन्चुरी, बैङ्क अफ काठमाण्डू र लक्ष्मी बैङ्क रहेका छन् ।

धेरैको लाभांशमा पनि कमी
एनआईसी एसिया बैङ्कले कोरोना महामारीको विषम परिस्थितिमा समेत कर्जा असुलीमा गत वर्ष अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई पहिलो त्रैमाससम्म ०.४० प्रतिशतमा झारेको दाबी गर्दै आव २०७६/७७ का लागि २० प्रतिशत लाभांश प्रस्ताव ग¥यो ।

बैङ्कको आगामी मङ्सिर २१ गते हुने २३औँ वार्षिक साधारण सभाले स्वीकृत गरेपछि वितरण हुने जनाएको बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा एक प्रतिशतले मुनाफा वृद्धि गरी एक अर्ब दुई करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

यस्तै ग्लोबल आईएमई बैङ्कले १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैङ्कले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशत बोनस र करसहित २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष बैङ्कले १२.७५ प्रतिशत बोनस र १२.७५ प्रतिशत नगद गरी २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सानिमा बैङ्कले १० प्रतिशत बोनस सेयर र लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश दिने भएको छ । यता नेपाल एसबीआई बैङ्कले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैङ्कले सेयरधनीलाई ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद (कर प्रयोजनका लागिसमेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैङ्कको प्रस्तावित लाभांश अघिल्लो आव २०७५/७६ को तुलनामा कम हो तर बोनस दर भने बराबर रहेको छ । बैङ्कले उक्त वर्षको नाफाबाट सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश (६ प्रतिशत बोनस र १०.८४ प्रतिशत नगद) वितरण गरेको थियो ।

माछापुच्छ«ेको ७.०३ बोनस र ३.३७ प्रतिशत नगद रहेको छ । लाभांश घोषणा गरेका अन्य बैङ्कमा बैङ्क अफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित १६ प्रतिशत, कुमारी बैङ्कले १० प्रतिशत र ४ प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश घोषणा गरिसकेका छन् । सिटिजन्स बैङ्कले ७.७ प्रतिशत बोनस र ३.३ नगदसहित ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

राष्ट्र बैङ्कले मौद्रिक नीतिमा कोभिडका कारण बैङ्क तथा वित्तीय संस्थालाई नगद लाभांशमा कडाइ गरेर बोनस सेयर बाँड्ने नीति लिएको थियो । कुल लाभांशमा बैङ्क तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म मात्र नगद लाभांश दिन सक्छन् ।

कुमारी बैङ्कले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यो भने पछिल्लो तीन वर्षयताकै उच्च हो । बैङ्कले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैङ्कले आव २०७५/७६, आव २०७४/७५ र आव २०७३/७४ को नाफाबाट क्रमशः १०.५२, ८.५ र १२.७५ प्रतिशत लाभांश वितरण गरेको थियो । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालले तीन वर्षपछि पहिलोपटक बोनस सेयर वितरण गर्ने भएको छ । बैङ्कले पुँजी वृद्धिका लागि तीन वर्षअघि १०० प्रतिशत बोनस सेयर दिएपछि पछिल्ला दुई वर्ष नगद लाभांश वितरण गरिरहेको थियो ।

बैङ्कले गत वर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा सङ्कुचन आएको हो । बैङ्कले अघिल्लो आव २०७५/७६ को नाफाबाट २२.५ प्रतिशत नगद लाभांश दिएको थियो भने २०७४/७५ को नाफाबाट प्रतिसेयर १७.५० प्रतिशत नगद लाभांश दिएको थियो ।

एभरेस्ट बैङ्कले पनि लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन अघिल्लो वर्षको भन्दा कमी हो । बैङ्कले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी जम्मा १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैङ्कले हाल कायम चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत गरेर ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top