झण्डै ६१ लाखमा ३२ वटा मुर्रा भैँसी खरिद गर्दै सरकार

८ मंसिर ७७, सोमबार
Share this
807shares

८ मंसिर, काठमाडौं । सरकारले झण्डै ६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्ने भएको छ ।

Advertisement

राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीले ६० लाख ९९ हजार रुपैयाँमा २ वटा वलसहित ३२ वटा भैँसी खरिद गर्ने भएको हो । कार्यक्रमले ३२ वटा मुर्रा भैँसी किन्न असोज १ गते बोलपत्र आह्वान गरेको थियो ।

अन्तिम दिन कात्तिक ३ गतेसम्म दर्ता भएका प्रस्तावमध्ये सबैभन्दा कम मूल्य ६० लाख ९९ हजार रुपैयाँमा प्रस्ताव पेस गर्ने हेम शंकर घर पालुवा पशु चौपाया खरिद बिक्री केन्द्र सिरहाबाट भैँसी खरिद गर्न लागिएको भैँसी अनुसन्धान कार्यक्रमले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top