दमकमा १० बिगाहा सरकारी जग्गा ‘हडपेका’ नेकपा नेता गगन पुरी पक्राउ

९ मंसिर, काठमाडाैँ ।

दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ परेका छन्। सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग लागेका पुरीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले  मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

दमक नगरपालिका-६ का नेकपा नेता पुरीमाथि उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले उनलाई पक्राउ गरेको हो। ‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने देखिएपछि हामीले पक्राउ गरेका हौं,’ विभागका एक अधिकारीले भने।

Advertisement

पुरी नेपाल कम्युनिष्ट पार्टीका प्रदेश १ का सदस्य हुन्। उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुरी चुनावमा पराजित भएका थिए।

दमक नगरपालिका-८ (साबिक १३) को १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको अभियोगमा पुरीमाथि विभागले अनुसन्धान गरिरहेको थियो।

Advertisement

विभागका ती अधिकारीका अनुसार उनले अवैध आर्जन गरेको सम्पत्ति करिब ६ करोडजति फेला परिसकेको छ। बाँकी रहेको सम्पत्तिबारे पनि अनुसन्धान चलिरहेकाले बिगो बढ्ने ती अधिकारीले बताए।

यो अभियोगमा उनी यसअघि अदालतबाट धरौटीमा छुटेका थिए। तीन महिना फरार भएका उनी २०७७ चैत ७ गते जिल्ला अदालतमा सुटुक्क हाजिर हुन पुगेका थिए।

झापा दमक नगरपालिका-८ (साबिक-१३ र १४)को ३० बिगाहा बढी सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको अभियोगमा अदालतले उनलाई एक लाख ८० हजार धरौटीमा रिहा गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय झापाले सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा ल्याएको अभियोगमा पुरीलाई मुख्य व्यक्ति किटान गरेर ‘दमक बालुवाटार जग्गा घोटाला’ अदालतमा पुर्‍याएको थियो।

पुरी उनका आफन्त, नापी तथा मालपोत कर्मचारीसहित २२ जनालाई सरकारी छाप दस्तखत कीर्तेमा विपक्षी बनाइएको थियो। मुद्दा दर्तासँगै बालुवाटार प्रकरण अदालतको नियमित कार्यसूचीमा प्रवेश गरेको प्रारम्भिक चरणबाटै पुरी धरौटी बुझाएर छुटेका थिए।

पुसमै पक्राउ पूर्जी जारी भएका पुरी प्रहरीबाट छलिँदै आएका थिए।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top