×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

बाइडेन भन्छन्, विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो

१० मंसिर २०७७

१० मंसिर, एजेन्सी ।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहनका लागि तयार भएर आएको बताएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले अब सो अध्यायको पाना पल्टिने बताएका हुन् ।

विश्वका सहयोगी राष्ट्रहरुसँग सहकार्य गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामूहिक स्वार्थका लागि काम गर्न अमेरिका पुनः तयार भएको बाइडेनले मंगलबार बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो टिममा रहने परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षाका सदस्यहरुको परिचय गराउँदै आउँदो जनवरी २० मा सत्ता सम्हालेपछि ट्रम्पको ‘एकतर्फी राष्ट्रवाद’ को नीतिबाट अमेरिकालाई अलग गराउने संकेत गरेका हुन् ।

बाइडेनले आफ्नो मन्त्रीपरिषदमा दुई उदारवादी नेताहरु जो राष्ट्रपति उम्मेदवारीको होडमा बाइडेनका प्रतिस्पर्धी थिए, सिनेटर बर्नी सान्डर्स र एलिजाबेथ वारेन सामेल नहुने पनि संकेत गरेका छन् ।

महत्वपूर्ण नीतिहरु पारित गर्नका लागि विभाजित सिनेटमा उनीहरुको मत अत्यावश्यक हुने बाइडेनले बताएका छन् । चार वर्ष पहिले सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई विभिन्न अन्तर्राष्ट्रिय मञ्च, सम्झौता र जिम्मेवारीहरुबाट अलग गरेका थिए ।

युरोपेली देशसँगको सम्बन्धमा ट्रम्प कालमा अमेरिका कमजोर भएको देखिन्छ । ट्रम्पको सम्बन्ध विश्वका अधिनायकवादी नेताहरुसँग नजिक र ‘घनिष्ट’ बनेको छ ।

आफ्नो टिमले पुरानै मान्यता र अपरिवर्तित व्यवहारको मान्यतालाई केन्द्रमा राखेर विदेश नीति बनाउने बाइडेनले बताएका छन् । बाइडेनले विदेश मन्त्रीका लागि आफ्ना विश्वास पात्र एन्टोनी ब्लिङ्कनको नाम प्रस्ताव गरेका छन् ।

गृहनगर डेलवरको विलमिङ्गटनमा बाइडेनले भने, ‘यो त्यो टिम हो जसले अमेरिकाले पुनरागाम गर्दैछ र विश्वलाई नेतृत्व प्रदान गर्न तयार छ भन्ने देखाउँछ । फेरि एकपटक अमेरिका विश्व मञ्चको केन्द्रमा बस्ने छ ।

सल्लाहकार तथा सहयोगीहरुलाई सहजता प्रदान गर्ने र सहकार्यको हात फैलाउने छ यो समूहले, हात छोड्ने छैन । हाम्रा मान्यताहरुका लागि डटेर उभिने छ ।’

ट्रम्प कालमा चीनसँगको सम्बन्ध खराब बनेको छ, तर रुससँग उसको ‘घनिष्टता’ बढेको देखिन्छ । यस्तै विभिन्न सम्झौता र संगठनहरुबाट बाहिरिएका कारण अमेरिकाको प्रभाव विश्वमा कमजोर बनेको छ ।

बाइडेन प्रशासनमा अमेरिकाको विदेश नीति बहुआयामिक र कूटनीतिक हुने देखिन्छ उनले चयन गरेका टिम हेर्दा । बाइडेनले पूर्व विदेश मन्त्री जोन केरीलाई जलवायु परिवर्तन विशेष दूतको जिम्मेवारी प्रदान गर्ने घोषणा गरेका छन् ।

जनवरी २० मा बाइडेनले सत्ता सम्हालेपछि जोन केरी जलवायु परिवर्तन विशेष दूत हुने छन् । बाइडेनले लामो समयदेखि आफ्ना सहयोगी रहँदै आएका एन्टोनी ब्लिङ्कनलाई विदेश मन्त्रीका रुपमा नियुक्त गर्ने घोषणा गरेका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई एक कार्यकालमा सीमित गर्ने गरि पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ ।

चार वर्ष पहिले पपुलर मत (कुल मत) मा हिलारी क्लिन्टन भन्दा झण्डै ३० लाख मतले पछि परेर पनि ट्रम्पले ३०६ इलेक्टोरल कलेज मत पाएका थिए र आफ्नो जितलाई उनले ‘ल्याण्डस्लाइड’ का रुपमा परिभाषित गरेका थिए । बाइडेन कुल मतमा ६० लाख भन्दा बढिको अग्रता लिएका छन् ।

अहिलेसम्म ट्रम्पको कानूनी टिमले दायर गरेका कम्तिमा ३० मुद्दा खारेज वा विपक्षमा फैसला भएको छ । ती सबै मुद्दाको फैसलामा प्रमाण नभएको न्यायाधीशहरुले उल्लेख गरेका छन् ।

तर सोमबार ट्रम्प प्रशासनले अन्ततः बाइडेनलाई अन्तरिमकालको काम गर्नका लागि औपचारिक रुपमा स्वीकृति प्रदान गरेको छ । विदेश मन्त्रीका लागि चयन गरिएका ब्लिङ्कन ओबामा प्रशासनमा उप विदेश मन्त्री तथा डेपुटी नेशनल सेक्युरिटी एड्भाइजर थिए ।

उनले अमेरिकालाई विश्व मञ्चमा पुनः सहकार्यको बाटोमा ल्याउने गरि बाइडेनको महत्वपूर्ण परराष्ट्र नीतिको नेतृत्व गर्ने अपेक्षा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बाइडेनले एभ्रिल हाइनेसलाई राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रुपमा मनोनयन गर्ने घोषणा गरेका छन् । सिआइएकी पूर्व उप निर्देशक हाइनेस निर्देशकमा मनोनित हुने पहिलो महिला हुन् ।

होमल्याण्ड सेक्युरिटी मन्त्रीका लागि एलेजान्ड्रो मायोर्कास मनोनित भएका छन् । उनी सो पदका लागि मनोनित हुने पहिलो ल्याटिनो हुन् ।

ज्याक सुलिभानलाई बाइडेनले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा मनोनित गरेका छन् । ओबामाको दोस्रो कार्यकालमा उनले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेका थिए ।

लामो समयदेखिकी कूटनीतिज्ञ लिन्डा थोमस–ग्रिनफिल्डलाई बाइडेनले संयुक्त राष्ट्रसंघमा अमेरिकी दूतका रुपमा नियुक्त गर्ने घोषणा गरेका छन् ।

यस्तै फेडरल रिजर्भीकी पूर्व अध्यक्ष ज्यानेट येलेनलाई बाइडेनले वित्त मन्त्रीका रुपमा चयन गर्ने खबर छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top