NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

बेलायतमा कोरोनाविरुद्धको खोप डिसेम्बर पहिलो साताभित्रै उपलब्ध हुने

आइतवार मंसिर १४ , २०७७
Reading Time: 1 min read
A A
बेलायतमा कोरोनाविरुद्धको खोप डिसेम्बर पहिलो साताभित्रै उपलब्ध हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ मंसिर, एजेन्सी । बेलायतमा आगामी महिना डिसेम्बर पहिलो साताभित्रै कोभिड खोप उपलब्ध हुने भएको छ । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप ७ डिसेम्बरभित्र बेलायत आइपुग्ने विवरण सार्वजनिक भएका छन् ।

एनएचएस इंग्ल्यान्डले बेलायतका अस्पतालहरूमा ७ देखि ९ डिसेम्बरभित्र खोप आइपुग्ने जनाउँदै तयारी अवस्थामा रहन आह्वान गरेको बेलायती अखबारले उल्लेख गरेका छन् । फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो । तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।

उक्त खोप स्वीकृतिका लागि सरकारले बेलायती नियामक निकाय मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)सँग आग्रह गरिसकेको छ । गत साता बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा खोप उपलब्ध गराउन एमएचआरएलाई भनिसकेको बताएका थिए । यद्यपि उक्त निकायले कहिलेसम्म अनुमति दिन्छ निश्चित छैन । बेलायत सरकारले फाइजर र बायोएनटेकको ४ करोड डोज, अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ ।

Advertisement

उक्त खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।

दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ ।

बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको जनाइएको छ ।

१५ वर्षदेखि एनएचएसमा कार्यरत हाल क्रोयडन युनिभर्सिटी हस्पिटलका क्लिनिकल अडिट विभाग प्रमुख डा. सुरजमणि पौडेलले आफ्नो अस्पतालका प्रमुख कार्यकारीले खोप तयारीबारे इमेल गरेको जनाए ।

७२ वर्षको एनएचएस इतिहासमै ‘इमुनाइजेसन’ कार्यक्रम सबैभन्दा बृहत् हुन लागेको पौडेलले जनाए । साउथ वेस्ट लन्डनका चारमध्ये आफ्नो अस्पताल पनि खोप भण्डारण र वितरणका लागि चुनिएको जनाउँदै उनले सरकारको निर्देशिकाअनुसार जोखिममा रहेका र वृद्धवृद्धालाई वितरण गर्ने तयारी रहेको बताए ।

क्रोयडन नेपाली समाजका अध्यक्ष उनी यसबाट नेपाली समुदाय पनि लाभान्वित हुने आशा व्यक्त गर्छन् । पौडेलले महामारी सुरु भएपछि आफ्नो अस्पतालले करिब १३ सय कोभिड बिरामीलाई उपचार गरेको समेत जानकारी दिए ।

लन्डनस्थित क्विन एलिजाबेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलास कैनीले पनि भ्याक्सिनसम्बन्धी काम गर्न निर्देशक र कर्मचारी नियुक्त भइसकेको बताए । भ्याक्सिन लगाउने ठाउँ, भ्याक्सिन लगाइदिने व्यक्ति, भ्याक्सिन गर्ने भण्डारण व्यवस्था आदिको समेत तयारी भइरहेको उनले जानकारी दिए ।

बेलायतको बर्नमाउथ विश्वविद्यालयमा आबद्ध जनस्वास्थ्यविद् डा. निर्मल अर्याल कोरोना विश्व महामारी भएकाले खोप बनिसकेपछि नेपालमा समेत उपलब्ध हुन खासै ढिलाइ देख्दैनन् । अहिले खोप उत्पादनमा होडबाजी देखिए पनि बेलायत, अमेरिकाजस्ता विकसित देशले आफ्ना वैज्ञानिक सल्लाहकारहरूको सल्लाहमा मात्र खरिद गर्ने उनी बताउँछन् ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.