×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

आउँदा दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना

१५ मंसिर २०७७

१५ मंसिर, एजेन्सी ।
अमेरिका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आउँदा दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको बताएका छन् ।

थ्याङ्गसगिभिङ्ग को बिदाका लागि दशौँ लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव स्वरुप आउँदा हप्ताहरुमा कोरोना भाइरसको संक्रमण अहिले भन्दा अझ तीव्र गतिमा बिस्तार हुने सम्भावना रहेको डा. फाउचीले बताएका हुन् ।

तर अझै पनि सम्भावित संक्रमणलाई धेरै हदसम्म रोक्न वा कम गर्न सकिने सम्भावना भने रहेको उनले बताए । डा. फाउचीले आइतबार भनेका छन्, ‘मास्क लगाउने तथा भौतिक र सामाजिक दूरी कायम गर्ने हो भने धेरै हदसम्म सम्भावित संक्रमण रोक्न वा फैलिन नदिन सकिन्छ।’

महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ३३ लाख ७४ हजार भन्दा धेरै पुगेको छ। यस्तै कोभिड–१९ का कारण अहिलेसम्म अमेरिकामा दुई लाख ६६ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

नोभेम्बर महिनामा मात्रै ४० लाख भन्दा धेरै अमेरिकी संक्रमित भइसकेका छन्। यो अक्टोबरको भन्दा दोब्बर हो । थ्याङ्गसगिभिङ्गको बिदाको समय अमेरिकामा सबै भन्दा धेरैले यात्र गर्ने गरेको देखिन्छ ।

गएको वर्ष सो अवसरमा झण्डै दुई करोड ६० लाख अमेरिकीले हवाई यात्रा गरेका थिए । यो वर्ष ८ लाख देखि १० लाख भन्दा धेरैले विभिन्न विमानस्थलबाट यात्रा गरेको आँकलन छ।

विज्ञहरुले जहाँ छ त्यहिँ बसेर थ्याङ्गसगिभिङ्ग मनाउन सुझाव दिएका थिए । तर सो बिदाको वरपरका दिनमा अमेरिकी विमानस्थलहरु मध्य मार्च यताकै सबैभन्दा व्यस्त देखिए ।

डा. फाउचीले सिएनएनसँग भनेका छन्, ‘बिदाका लागि जसरी यात्रा भयो त्यसको प्रभाव पक्कै पनि संक्रमणमा देखिने छ । आउँदा दिनमा संक्रमण तीव्र गतिमा बढ्ने लगभग निश्चित छ ।’

उनले सम्भव भएसम्म बिदाका लागि यात्रा गरेकाहरुलाई केही समय क्वारेन्टिनमा बस्न सुझाव दिएका छन्।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top