युवाहरु नेतृत्व लिन तयार छन्, दुवै अध्यक्ष सहमत हुन पर्योः वर्षमान पुन

१४ मंसिर ७७, सोमबार

१५ मंसिर, रोल्पा ।
ऊर्जामन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् ।

Advertisement

तर, नेकपाका दुवै अध्यक्षले सहमतिमा यो कुराको निर्णय गर्नुपर्ने उनले बताए । रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३-११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं ।

र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ।’ नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टीको नेतृत्व युवालाई हस्तान्तरण गर्ने प्रस्ताव ल्याएको सन्दर्भमा नेता पुनले गृहजिल्ला रोल्पाबाट यो अभिव्यक्ति दिएका हुन् ।

Advertisement

नेता पुनले नेतृत्व युवालाई हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय नभएको बताए । ‘यो विवेकले, प्रक्रियासम्मत ढंगले पार्टीले निर्णय गर्ने विषय हो,’ उनले भने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top