सुनको भाउ घटेर प्रतितोला ९० हजार पुग्यो

१५ मंसिर, काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँ घटेको छ । आज सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महांसघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस आज १७ सय ७२ डलर छ । सुनको भाउ अझै घटेर १७ सय ५० डलरमा झर्न सक्ने अनुमान गरिएको शाक्यले बताए ।

विश्वमा कोरोना विरुद्धको खोप बन्ने सम्भावना बढेपछि सुनको भाउ घट्न थालेको हो । विवाहको लगन सुरु भएसँगै सुनको भाउ घट्न थालेकाले कारोबार पनि बढेको छ । कोरोना महामारीसँगै भाउ बढ्दा सुनको कारोबार झण्डै शून्यमा झरेको थियो । तर अहिले कारोबार बढेर दैनिक माग १५ देखि २० किलो पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

तर अहिलेको माग पोहोर मंसिरको भन्दा कम हो । पोहोर यही बेला दैनिक कारोबार ३० देखि ३५ किलोको हाराहारीमा भएको थियो । यसैबीच, चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले घटेर ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top