हेटौँडा अस्पतालमा आजबाट आईसीयू तथा एचडीयू सेवा सञ्चालन

१५ मंसिर, मकवानपुर । मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौँडा अस्पतालमा आजबाट थप सेवा दिन सुरु गरेको छ । अस्पतालमा सघन उपचार कक्ष आईसीयू तथा उच्च उपचार कक्ष एचडीयू सञ्चालनमा आएको हो ।

सात शैय्याको आईसीयू १० शैय्याको एचडीयू आजदेखि सञ्चालनमा आएको हो । आईसीयू अभावका कारण हेटौँडाका निजी अस्पताल र भरतपुर रेफर हुँदै आएका बिरामीको अब भने हेटौँडा अस्पतालमानै उपचार हुने भएको हो ।

दुवै कक्षको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ८ वर्षअघि आईसीयू कक्ष सञ्चालन गर्ने सपना बल्ल पूरा भएको बताए ।

एक जना मात्र डाक्टरले सञ्चालन गरेको इतिहास सम्झँदै मुख्यमन्त्री पौडेलले अब हेटौँडा अस्पतालमा स्वास्थ्य सेवा उच्च रहने बताए । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले आईसीयू सञ्चालनपछि अब निकट भविष्यमा काइडोलोजी र प्याथोलोजी सेवा गरिने बताए ।

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका निर्देशक डाक्टर हरि खड्काले आर्थिक अवस्था कमजोर भएकाहरुको लागि आईसीयू कोष स्थापना गरेर सेवा दिने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top