विभिन्न माग राख्दै राष्ट्रिय जनमोर्चाको देशव्यापी प्रदर्शन

१५ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, कोरोना संक्रमितको निशुल्क उपचार, भारतद्वारा अतिक्रमित नेपालको भूमि फिर्ता र एमसीसी खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गरेको छ ।

सोमबार भएको उक्त प्रदर्शनप्रति विश्वमा रहेका नेपाली एकता समाजहरुले पनि ऐक्यबद्धता व्यक्त गरेको जनमोर्चाले दावी गरेको छ ।

जनमोर्चाले डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, दाङ, रोल्पा, प्यूठान, गुल्मी, बाँके, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, रुपन्देही, पाल्पा, परासी, नवलपुर, चितवन, पोखरा, बाग्लुङ, काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमहरुमा मोटरसाइकल र्याली, जुलुस प्रशर्दन तथा सभाहरु सम्पन्न भएका थिए ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवा, महिला, वकिल, किसान, मजदुर, कलाकार, पत्रकार, बुद्धिजीवी, दलित, जनजाति, तराइ मधेस संगठन र आम जनतालाई धन्यवाद व्यक्त गरेकी छन् । त्यस्तै उनले राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र जनजीविकाको पक्षमा सचेत रहन र सबै कार्यक्रममा ऐक्यबद्ध हुन आम जनतामा अपील पनि गरेकी छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top