अर्थतन्त्रमा कोभिडले पारेको असर कम गर्न सरकारले भूमिका खेल्छः अर्थमन्त्री

१५ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारले अग्रभागमा रहेर भूमिका खेल्ने बताएका छन् ।

Advertisement

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकार अग्रभागमा रहेर भूमिका निर्वाह गर्न तयार रहेको तर निजी क्षेत्रले साथ दिनुपर्ने बताएका हुन् ।

सरकार अग्रभागमा रहने भएपनि एक्लै केही गर्न नसक्ने भन्दै निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताए । सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्र बीचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतिहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रीत गर्नुपर्ने बेला आएको स्पष्ट पारे ।

Advertisement

अर्थतन्त्रलाई अहिलेको स्थितिबाट माथि उकास्न र चलायमान बनाउन अहिले उत्पन्न भएका समस्याहरुको समना गर्दै लगानी, उत्पादन र रोजगारी वृद्धिमा केन्द्रीत भएर सरकार अगाडि बढीरहेको पनि अर्थमन्त्री पौडेलले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न विशेष कार्यक्रम आवस्यक रहेको बताए । प्रत्यक्ष अनुदान, राजस्व छुट, साँवा ब्याज भुक्तानीको अवस्था, श्रमिक व्यवस्थापनको विषयमा सरकारले तत्काल सम्बोधन गरे मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने गोल्छाको भनाई छ ।

Advertisement

यस्तै कृषि उत्पादनलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम ल्याउन, साना र मझौला उद्यमलाई कोभिड १९ को प्रभावबाट बाहिर ल्याउन महासंघले सरकारसँग सहकार्य गर्न चाहेको बताए ।

दोहोरो आर्थिक वृद्धि, वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने र देशको व्यापार घाटा कम गर्न निजी क्षेत्र आतुर रहेको पनि अध्यक्ष गोल्छाले स्पष्ट पारे ।

लगानी वृद्धि, रोजगारी विस्तार र व्यवसायीक वातावरण निर्माणको लागि अहिले रहेका एक दर्जन बढी नीति एवं कानूनहरुमा सुधार गर्नुपर्ने आवश्यकता रहको र निर्यात बढाउन केही अन्तर्राष्ट्रिय लगानी सम्झौताको पुनरावलोकन एवं विस्तार गर्नुपर्ने देखिएको बताए ।

कार्यक्रम नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले कोभिडको प्रतिकुल अवस्थामापनि केही सूचकहरु राम्रै देखिएकाले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

उच्च मनोबल बनाएर लगानी वृद्धि गर्न निजी क्षेत्रलाई सरकारले प्रोत्साहित गर्नुपर्ने अध्यक्ष मोरले बताऐ । यस्तै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको डुइङ बिजनेस कष्ट बढी रहेकाले त्यसको न्यूनीकरणका लागि सकरारले ध्यान दिनुपर्ने बताए ।

सेजनको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदान गरिँदै आएको सेजन अवार्डबाट यस वर्ष छापा तर्फ बालकृष्ण ज्ञवाली र विद्युतिय माध्यम तर्फबाट सोभित थपलियालाई प्रदान गरेको छ ।

यस्तै फेलोसिप तर्फ हाइड्रो फेलोसिप जीवन बस्नेत र स्वर्गीय सञ्जय न्यौपाने फेलोसिप लक्ष्मी सापकोटालाई प्रदान गरेको छ । सेजन सम्मानबाट पत्रकार लक्ष्मण हुमागाईं, एकराज पाठक, लोकबहादुर चापागाईं र प्रशन्न चित्रकार सम्मानित भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top