अनुहारमा चमक ल्याउन अनेकौं रसायन मिसिएका श्रृंगार सामाग्रीहरुको प्रयोग गर्नु सँधैका लागि स्वास्थ्यवर्धक नहोला । एक त त्यो खर्चिलो पनि हुन्छ र त्यसले भविष्यमा दिने खराब प्रतिक्रिया देखायो भने त्यसमाथि अर्को खर्च हुन्छ । बरु त्यसको सट्टामा अनुहारमा चमक ल्याउन घरेलु उपाय अपनाउनुहोस् । स–साना घरेलु उपाय अपनाएर तपाईले आफ्नो अनुहार चमकदार बनाउन सक्नुहुन्छ ।
१. २० देखि ३० मिनेटको दरले एक हप्तामा कम्तीमा ५ दिन हिड्नुहोस् । यसले रक्तसञ्चारमा सहजता ल्याउँछ र तनाव कम गर्छ । जसले छालामा निखार आउँछ ।
२. साधारण साबुन प्रयोग नगर्नुहोस् । माइल्ड ब्यूटी फेसवास प्रयोग गर्नुहोस् । राती सुत्नुअघि अनुहारलाई राम्रोसँग सफा गर्नुहोस् ।
३. राती एन्टी–अक्सिडेन्टको गुणयुक्त मोइश्चुराइजर प्रयोग गर्नुहोस् । मोइस्चुराइजरमा भिटामिन ए, सी, इ र बीथ्री छ भने छालालाई पोषण दिने काम गर्छ ।
४. रासायनिक वस्तुको प्रयोग सकेसम्म कम गर्नुहोस् । उत्पादनको क्वालिटीलाई पैसासँग तुलना नगर्नुहोस् ।