१५ मंसिर, कपिलवस्तु ।
कपिलवस्तुमा जिल्ला प्रशासन कार्यालयको आदेशको अवज्ञा भएको छ । स्थानीय रामघाटमा प्रशासनले भिडभाड गरी उपस्थित हुन रोक लगाए पनि भीड बढेको छ ।
पुर्णिमाका दिन रामघाट , लक्ष्मणघाट,बर्गदी घाट लगायत अन्य धार्मिक स्थानहरुमा लाग्ने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले कुनै पनि किसिमका मेला र भिडभाड नगर्न र नगराउन रोक लगाएको छ । तर रामघाटमा बिहानै देखि भक्तजनहरु को भिडभाड रहेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिम कपिलवस्तु जिल्लामा समेत कायमै रहेको सन्दर्भमा आवागमन तथा भिडभाडजन्य गतिविधिहरुले संक्रमणको जोखिम बढ्न सक्ने भएकोले मंसिर १५ गते पुर्णिमा (कार्तिक स्नान मासिक ) का दिन भिडभाड र मेला नगर्न प्रशासनले सूचना जारी गरेको थियो ।
सूचना अवाज्ञा गर्नेलाई संक्रमण ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाईने प्रशासनले जनाएको छ । तर प्रशासनबाट कसैलाई पनि पक्राउ भने गरिएको अवस्था छैन ।



