×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

बजारमा ११ सय ७९ नमुना संकलन गर्दा ७० नमुनाहरु मापदण्ड विपरित

१५ मंसिर २०७७

१५ मंसिर, काठमाडौँ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकको कार्यप्रगति सार्वजनिक गरेको छ । कोभिड—१९ संक्रमणको जोखिमकाबीच विभागले पहिलो चार महिनामा आफ्नो कार्यालयबाट प्रवाह भएका सेवा र गरेका कामहरुको विवरण सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार विभागले पहिलो चौमासिकमा बजार निरीक्षण गरी ११ सय ७९ नमुना संकलन गरेकोमा ७० नमुनाहरु मापदण्ड अनुसार नभएको पाइएका छन् । सबैभन्दा बढी पिउने पानीका २१ नमुना, दानाका १६, तेल तथा घ्युजन्य नमुना १४ र खाद्यन्नका १० नमुना लगायत अन्य खाद्य पदार्थका नमुनाहरु मापदण्ड अनुसार नभएको पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । विभागले आफ्नो मातहतका कार्यालयहरुबाट खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८ सय ७६ नमुना समेत संकलन गरेको उनले बताए ।

Advertisement
Advertisement

विभागले खाद्य ऐन नियम अनुसर न्यूनस्तर तथा दूषित उत्पादन र वित्रिवितरण गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमा २६ वटा मुद्दा दायर गरेको छ । सबैभन्दा बढी पिउने पानीका मुद्दा ५ वटा रहेको उनले बताए । यस्तै खाने तेलका ३, बेकरीका ३, दाना, चाउचाउ र मिठाइका २—२ वटा रहेका छन् । ध्यु, चामल, सस, काजु किसमिस लगायतका विभिन्न खाद्यपदार्थका मुद्दा समेत रहेको उनले बताए । दायर मुद्दाहरुमध्ये ८ वटा न्यून गणस्तर, ७ दुषित, ७ वटा लेवल लगायतका विवरण नमिलेका थिए । ४ वटा मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उलंघन सम्बन्धि रहेको प्रवक्ता महर्जनले बताए ।

विभागले पहिलो चौमासिकमा खाद्य÷दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल लगातमा १ हजार ८ सय ७३ पटक निरीक्षण अनुगमन गरेको छ । पिउने पानी, खानेल तेल होटल लगायतका विभिनन विषयमा परेका १५३ उजुरीहरुको तत्काल सुनुवाई गरी कारवाही गरिएको पनि विभागले जनाएको छ ।

Advertisement

खाद्य ऐन, २०२३, खाद्य नियमापली २०२७ तथा निर्देशिका बमोजिम उत्पादन नगरेको पाइएका ३४ वटा उद्योग एवं खाद्य व्यवसायको उत्पादन रोक्का गरिएको छ । जसमा पिउने पानीका १५,खाद्यान्न तथा दलहनका ८, दुध तथा दुग्ध पदार्थका ६, तेल तथा घ्युजन्यका ३ र अन्य ३ खाद्य व्यवसायहरु रहेका छन् । विभागले पहिलो चौमासिकमा विभिन्न १२ नाकामा रहेका कार्यालयहरुबाट २५ हजार १५४ नमुना संकलन गरी जाँच गर्दा पापड, चामल, बदाम, मसला, मैदा लागयत २५ वटा नमुनाहरु प्रतिकुल रहेकाले आयात रोक्का गरिएको जनाएको छ । विभागले पहिलो चौमासिकमा खाद्य स्तर निर्धारण कार्यक्रम अन्तरगत प्राविधिक र विज्ञहरुसँग छलफल गरेको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top