मंसिर ३० मा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकका लागि परराष्ट्रमन्त्री दिल्ली जाने

१५ मंसिर ७७, मंगलबार

१६ मंसिर, विराटनगर ।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ता भएको तीन साताभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्ने तय भएको छ । आयोगको छैटौँ बैठक नयाँदिल्लीमा ३० मंसिर र १ पुसमा बस्न लागेको हो ।

नेपाल–भारत दुवै पक्षले बैठकको मिति सार्वजनिक गरिसकेका छैनन् । तर, उच्च कूटनीतिक स्रोतले ३० मंसिर–१ पुसमा बैठक हुने तय भएको जनाएको छ । नयाँ नक्साबारे दुई देशबीच आ–आफ्नै अडान कायम रहँदा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको तयारी भएको हो ।

Advertisement

आलोपालो प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा हुनेछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय समकक्षी डा. सुब्रमण्यम् जयशंकरका तर्फबाट विदेश सचिव हर्षबर्धन शृंगलाले ११ मंसिरमा बैठकका लागि निमन्त्रणा दिएका छन् । आफ्नो आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

आयोगको पाँचौँ बैठक ४ भदौ ०७६ मा काठमाडौंमा बसेको थियो । भारतीय विदेश सचिव शृंगलाको ११ र १२ मंसिरमा सम्पन्न नेपाल भ्रमणका वेला संयुक्त आयोगको छैटौँ बैठकको मिति तय भएको हो ।

अब परराष्ट्र मन्त्रीस्तरीय राजनीतिक संयन्त्रको निर्देशनअनुसार भविष्यमा सीमा विवाद सम्बन्धमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम तोकिने कूटनीतिक स्रोतको दाबी छ । दुई देशबीच सबै पक्षमा छलफल हुने यो संयन्त्र ३२ वर्षदेखि कायम छ, तर हालसम्म जम्मा पाँचवटा मात्रै बैठक भएका छन् ।

४ भदौ ०७६ मा काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरले आ–आफ्नो टोलीको नेतृत्व गरेका थिए ।

आयोगको चौथो बैठक १८ असोज ०७३ मा नयाँदिल्ली, तेस्रो बैठक १९ असार ०७१ मा काठमाडौं, दोस्रो बैठक १६ मंसिर ०४८ मा नयाँदिल्लीमा सम्पन्न भएका थिए । आयोगको पहिलो बैठक १८ जेठ ०४४ मा भएको थियो ।

पाँचौँ बैठकमा नेपाल–भारत इपिजीको प्रतिवेदन बुझ्ने तथा कालापानी र सुस्तालगायत सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय बैठक बस्ने विषयमा छलफल भएको थियो । यसपालि पनि द्विपक्षीय विकास, कनेक्टिभिटी, ऊर्जा, हवाई उड्डयन, जनस्तरीय सम्बन्धलगायत विषयसँगै इपिजी प्रतिवेदन र सीमा विवादले स्थान पाउनेछ ।

आयोगको बैठकमा आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति तथा शिक्षामा दुईदेशीय सहकार्यबारे छलफल हुने गरेको छ । त्यसबाहेक अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय सहकार्यबारे पनि छलफल हुने गर्छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top