छुट्टाछ्ट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु

१५ मंसिर ७७, मंगलबार

१६ मंसिर, विराटनगर । प्रदेश १ का बिभिन्न स्थानहरुमा सोमवार भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान सबा ८ बजे मोरङको ग्रामथान गाउँपालिका-१ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरका सह-चालक बुढिगंगा गाउपालिका-१ का ४० बर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो ।

यसैगरी मोरङकै बिराटनगर महानगरपालिका-९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ

Advertisement

को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेकी बिराटनगर-१५ की ६० बर्षीया मनकामना झा घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।

यस्तै झापाको दमक नगरपालिका-४ तारावारीमा सोमवार दिऊँसो सवा १ बजे मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिंदा बालक घाईते भएका थिए ।

Advertisement

घाईते भएका बालकलाई उपचारको लागी अरनिको अस्पताल लगी उपचार भईरहेकोमा उपचारको क्रममा साँढे १ बजे बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी ईलामको फाकफोकथुम गाउँपालिका-५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

सोमवार बेलुका साँढे ५ बजेको समयमा पाँचथरको रवीबाट तरकारी बोकेर ईलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रीत भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका-९ का ४० बर्षीय दिनेश लिम्बु र ईलाम नगरपालिका-११ का ३० बर्षीय नबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top