केही दिन लगातार घटेको सुनको भाउ आज फेरी बढ्यो

१६ मंसिर, काठमाडौं । केही दिन यता लगातारजसो घटेको सुनको भाउ आज भने बढेको छ ।

Advertisement

सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको थियो ।

विश्वमा कोरोना विरुद्धको खोप बन्ने सम्भावना बढेपछि सुनको भाउ घट्न थालेको थियोे । यस्तै, आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top