बाल यौन दुराचार र शोषणको आरोपमा फ्रान्सेली नागरिक पोखराबाट पक्राउ

बाल यौन दुराचार र शोषणको आरोपमा फ्रान्सेली नागरिक पोखराबाट पक्राउ

१६ मंसिर, काठमाडौं । बाल यौन दुराचार र शोषणको आरोपमा फ्रान्सका एक नागरिक पोखरा महानगरपालिका १७ को बरौताबाट पक्राउ परेका छन् ।

१२ वर्ष, आठ वर्ष र सात वर्षका बालकलाई यौन दुरुपयोग र शोषण गरेको आरोपमा फ्रान्सका क्रिश्चियन सेर्गई हेनरी नउगारेट पक्राउ परेका हुन् ।

उनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यलय कास्कीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिए । ६० वर्षका नउगारेट पेसाले कम्प्युटर इञ्जिनियर हन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.