काम नगर्ने निर्माण व्यवसायीको ठेक्का धमाधम रद्द हुँदै

१६ मंसिर ७७, बुधबार

१६ मंसिर, भक्तपुर ।

सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौता म्यादभित्र कार्यसम्पादन नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । सडकले भक्तपुर र काभ्रेपलाञ्चोकका विभिन्न ६ वटा योजनाको आज सार्वजनिक सूचना जारी गरी ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो ।

सडकले ठेक्का रद्द गर्न प्रक्रिया अघि बढाएको योजनाहरुमा एनएस बिल्डर्स वीरेन्द्रनगर सुर्खेतले ठेक्का पाएको च्याम्हसिंह नाला बनेपा सडकमा आवधिक मर्मत गर्नेसम्बन्धी दुईवटा ठेक्का रहेका छन् । विसं २०७६ मङ्सिर १० गते निर्माण सम्झौता गरेको उक्त दुईवटा ठेक्कामध्ये एउटाको कार्य सम्पन्न गर्नुपर्ने मिति २०७७ साउन २८ गते र अर्को ठेक्काको कार्य सम्पन्न मिति २०७६ चैत १६ गते रहेको थियो ।

Advertisement

त्यस्तै सडकले झिकुखोला पुल निर्माणको ठेक्का पनि रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । अरनिको राजमार्ग तीनपिप्लेदेखि बक्लुटार पलाञ्चोक सडक काभ्रेपलाञ्चोकको सो पुल निर्माणको ठेक्का चन्द्रा÷एन्ड वसन्त एमएम जेभी ललितपुरले पाएको थियो । सो पुल निर्माणको सम्झौता २०७४ साल जेठ १९ गते भएको थियो भने २०७७ साल मङ्सिर १२ गते निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सडकले सुनौलो खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौँसँगको दुईवटा ठेक्का पनि रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । खिम्तीले ठेक्का पाएको लोकन्थली हेल्थपोष्ट रमाइलोचोक चाइल्ड नेचर स्कुल सडक विस्तार र हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटीविहार बहाखाबजार सडक विस्तार गरी दुईवटा योजनाको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो । ती दुईवटै ठेक्काको सम्झौता २०७० चैत २३ गते भएको थियो भने कार्य सम्पन्न गर्नुपर्ने २०७२ असार २२ गते रहेको थियो ।

Advertisement

त्यसैगरी सडकले काठमाडौँको इन्द्रायणी र भक्तपुरको चाँगुनारायण जोड्ने मनोहरा खोलाको पुल निर्माणको ठेक्कासमेत रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । श्री लामा बिल्र्डस÷साल्पा शेर्पा÷जयबाबा गोरख जेभीले सो पुलसँगै पहुँच सडक निर्माण कार्यको ठेक्का पाएको थियो । यो योजनाको सम्झौता २०६८ असार २७ गते रहेको छ भने कार्य सम्पन्न गर्नुपर्ने २०७६ फागुन ३० गते रहेको छ ।

सम्झौताअनुसार तोकिएको समय अवधिभित्र निर्माण कार्य सम्पन्न नगरेकाले यसअघि कार्य सम्पन्न गर्नका लागि मौखिक, टेलिफोन तथा पत्राचारमार्फत सूचना गरिएकामा हालसम्म कार्यप्रगति सन्तोषजनक नदेखिएकाले उक्त ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।
सो सम्बन्धी स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुन सम्बन्धित निर्माण व्यवसायीलाई सार्वजनिक सूचना जारी गरिएको छ ।

निर्माण सम्पन्न हुन नसक्नुको मनासिब कारणसहित सात दिनभित्र सम्बन्धित व्यवसायी उपस्थित नभए कानून बमोजिम ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानत बापतको रकम जफत गर्नाका साथै सम्झौता अन्त्य भएको कारणले सम्झौताबमोजिम बाँकी रहेको कार्य पूरा गर्न जे जति रकम आवश्यक पर्छ सो रकम त्यसरी सम्झौताबमोजिम कार्य नगर्ने व्यवसायीहरुबाट सरकारी बाँकीसरह असुलउपर गर्ने तयारी सडकले गरेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top