विदेशबाट फर्केपछि सामूहिक कृषि व्यवसायमा रमाउँदै युवा

१६ मंसिर ७७, बुधबार

१६ मंसिर, काभ्रे ।

पाँचखाल नगरपालिका–२ अनैकोटका बोधनाथ तिमल्सिना हिजोआज गोलभेँडा टिप्न, औषधि छर्न र त्यसलाई बजारीकरण गर्दैमा व्यस्त छन् । उनको दैनिकी अहिले टनेलभरि फलेको गोलभेँडालाई सुरक्षित गर्ने, बिक्री गर्ने र त्यसको उचित व्यवस्थापन गर्नु हो । त्यसरी काम गरेर उनले अहिले सबै खर्च कटाएर मासिक रु ५० देखि ६० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

रोजगारीका लागि अफगानिस्तान गएर नौ महिना काम गरेपछि कम्पनी खारेज भएर स्वदेश फर्किएका उनले पछि फेरि दुबईमा गएर श्रम गरे । त्यसपछि मलेसिया गएका उनी अहिले आफ्नै घरमा बसेर राम्रो आम्दानी गरिरहेका छन् । मासिक रु २८÷३० हजारका लागि परिवारदेखि टाढा बसेर विदेशी भूमिमा श्रम गर्न बाध्य भएका उनले पुनः नेपाल फर्केपछि परिवार पाल्न थोरै सङ्ख्यामा कुखुरा पालेर बसेको अनुभव सुनाए । पछि मन मिल्ने साथीको सामूहिक योजनामा सहभागी भएर अहिले उनी कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् ।

Advertisement

“विदेशी भूमिमा बगाएको पसिना आफ्नै भूमिमा परिवारसँगै बसेर बगाउन पाउँदा छुट्टै आनन्द हुँदोरहेछ”, उनले भने, “पहिला केही आधार थिएन र विदेसिएँ, अहिले अलिअलि कमाएको छु । त्यहाँ जतिकै यहाँ श्रम र परिश्रम गरेको खण्डमा मासिक रु ४५÷५० हजार सजिलै कमाई हुने रहेछ ।”

त्यस्तै सोही ठाउँका निरोज खतिवडा पनि उनीसँगै कृषि व्यवसायमा सक्रिय छन् । मलेसिया गएर फर्किएका उनी अहिले गाउँमा नै साथीहरुसँग मिलेर सामूहिक कृषि व्यवसायमा संलग्न भई राम्रो आम्दानी गरिरहेका छन् । उनको काम कृषि फार्मको व्यवस्थापन गर्नु हो । योजना बनाउने र कार्यान्वयनका लागि साथीहरुसँगै खटिरहेका उनले भने “विदेशमा उनीहरुले भनेअनुसार काममा खट्नुपर्छ, जतिखेर भन्यो त्यतिखेर नै काममा जानुपर्छ, त्यही अनुसारले यही बसेर गरेको खण्डमा धेरै आम्दानी गर्न सकिन्छ भन्ने अहिलेको हाम्रो खटाई अनुसारको आम्दानीले पनि पुष्टि गरेको छ ।”

Advertisement

सोही ठाउँका अर्का युवा १५ वर्षअगाडि देखि ब्वायलर कुखुरापालन व्यवसाय गर्दै आएका दीपक तिमल्सिनाले कुखुरा फार्मको रेखदेख गर्छन् । व्यक्तिगत रुपमा पहिलादेखि सोही काम गर्दै आएका उनले पछिल्लो समयमा सामूहिक रुपमा काम गर्ने उद्देश्यले अगाडि बढेको बताए । त्यस बेलादेखि सङ्घसंस्था, भेटेरिनरी र दाना कम्पनीहरुले दिएको तालीमबाट सिकेका सीपलाई उपयोग गर्दै निरन्तर लागिरहेका उनले अहिले हप्तामा दुई गाडी अण्डा बजारमा बिक्री गर्दै आएका छन् । जिल्लाकै पाँचखाल, दोलालघाट र छिमेकी जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे, खाँडीचौर, मेलम्चीलगायत बजारक्षेत्रमा उनले उत्पादन गरेको अण्डा बिक्री हुने गरेको छ ।

‘पाँचखाल साझेदारी कृषि फार्म’ दर्ता गरी सञ्चालन गरिरहेको व्यवसायमा पाँचजना विदेशबाट फर्केका र छजना स्थानीय कृषक गरी ११ जना सहभागी छन् । करीब दुई वर्षअगाडिबाट शुरु गरेको सो फार्ममा अहिले गोलभेँडा, काउली, काँक्रो, घ्यू सिमी, ब्वायलर र अण्डाका लागि लेयर्स कुखुरा छन् । त्योसँगै अहिले आलु खेतीका मौसम भएकाले त्यसतर्फ समेत उनीहरु खटिरहेका छन् । करीब १४५ रोपनी जग्गा भाडामा लिएर शुरु गरेको व्यवसायमा अहिले करीब ७० रोपनीमा टनेल हालेर गोलभेडा उत्पादन गर्दै बिक्री गरिरहेको छ ।

त्यस्तै अण्डाका लागि १५ हजार लेयर्स कुखुरा छ भने मासुका लागि चार हजार ब्वायलर कुखुरा पालन गरिरहेका छन् । अब अर्को वर्षमा त्यसको दोब्बर बढाउने लक्ष्यका साथ काम गरिरहेको उनीहरुको भनाइ छ । दैनिक एकसय क्रेटभन्दा माथिको गोलभेँडा बिक्री भइरहेको छ । त्यसरी काम गरेर आफूहरु मात्रै नभएर स्थानीयवासी १२ जनालाई समेत रोजगारी दिएको बताइएको छ । दुईजना पुरुषलाई मासिक २५ हजार र १० जना महिलालाई मासिक १५ हजार गरी १२ जनालाई रोजगारीसमेत दिएको उनीहरुको दाबी छ ।

सो फार्मको नेतृत्व रमेशप्रसाद खतिवडाले गरिरहेका छन् । विगत ५/७ वर्षअगाडिबाट व्यवसाय गर्दै आएकाले उनले पछिल्लो तीन वर्षदेखि सो फार्मको नेतृत्व गर्दै आएका हुन् । “समूहमा मिलेर काम गरौँ भन्ने उद्देश्यले हामी ११ जना साथी मिलेर यो कामको थालनी गरेका हौँ”, उनले भने, “सबै गर्दा करीब १४५ रोपनीमा दुई करोड लगानीमा काम भइरहेको छ ।” त्यससँगै अब फार्मबाट नै कुखुराको माक्स दाना उत्पादन गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

फार्मको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्हेका कौशल्य तिमल्सिनाले व्यक्तिगतभन्दा सामूहिक रुपमा काम गर्दा बढी व्यावसायिक बन्न मद्दत मिल्ने भएकाले सबैजना मिलेर नै काम गर्न थालेको बताए । “समूहमा हामी अवस्थाअनुसार समयसयममा छलफल गरेर सबै उत्पादनहरुको एकमुष्ट रुपमा हिसाब राख्ने गरेका छौँ”, उनले भने, “लगानी अनुसारको प्राप्त नाफालाई त्यही अनुसारले बाँडेर लिने गरेका छौँ ।”

त्यसरी काम गर्दा कुखुरा, तरकारी, अण्डा लगायतका काममा छुट्टाछुट्टै हिसाब गर्ने र त्यसलाई वार्षिक रुपमा एक ठाउँमा राखेर हिसाब गर्ने गरेको फार्मका अध्यक्ष खतिवडाले बताए । वार्षिक रु एक करोडको नाफा लिने लक्ष्यका साथ काम गरिरहेको उनको भनाइ छ । सामूहिक रुपमा यसरी व्यवसाय गरिहेका आफूहरुलाई राज्यले अनुदान उपलब्ध गराएको खण्डमा अझ व्यवसायलाई वृद्धि गर्दै रोजगारीसमेत दिन सक्ने अध्यक्ष खतिवडाको भनाइ छ ।

“औषधि र दाना निकै महँगो छ । उत्पादित वस्तुको बजार व्यवस्थापनमा राज्यले ध्यान दिन सकेको छैन । उत्पादनको मूल्यसमेत तोकिदिएको छैन”, उनले भने, “त्यही अण्डा कहिले क्रेटको एक हजार ४०० देखि एक हजार ५०० मा नै पाउँछ, कहिले दुई हजार ६ सयदेखि दुई हजार ७ सयसम्म पर्छ । खर्च अनुसारको मूल्य निर्धारण गरिदियो भने व्यवसाय र उपभोक्ता बीचमा सन्तुलन हुनेथ्यो ।”

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेरले सामूहिक रुपमा खेती र व्यवसाय गर्ने किसानका लागि बैंक तथा वित्तीय संस्था र उद्योगीहरुसँग सामूहिक छलफल गरी परेको समस्याको समाधानका लागि सहजीकरण गरिरहेको बताए ।–पेमा लामा/रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top