×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

पाल्पामा भुइँकाफलको व्यावसायिक खेती

१७ मंसिर २०७७

१७ मंसिर, पाल्पा ।
पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ ।

पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल(स्ट्रबेरी) खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँकाफल खेती व्यावसायिकरूपमा थालनी भएको कार्यालय प्रमुख शिवप्रसाद अर्यालले बताए ।

Advertisement
Advertisement

यस खेतीमा रिब्दीकोटको भैरवस्थानमा अम्बिका गौतम, सरिता खनाल, पवित्र खाम्चा र पार्वती थापा आकर्षित छन् । रम्भाको हुँमीनमा सामूहिकरूपमा चार जनाले एक रोपनी जमिनमा एक हजार ५०० स्ट्रबेरी लगाएका छन् ।

ज्ञान केन्द्रले नौ हजार बिरुवा, मल, सिँचाइका लागि चाहिने सामान, प्लाष्टिक, मल्चिङ प्रविधि र भिटामिनसमेत सामान किसानलाई अनुदानमा उपलब्ध गराएको प्रमुख अर्यालले बताए ।

भैरवस्थानकी अम्बिकाले पहिलोपटक नयाँ फलको व्यवसाय गर्न पाएकामा खुशी लागेको बताए । भैरवस्थान धार्मिक पर्यटकीयस्थल पनि हो । यस खेतीबाट प्रशस्त आम्दानी हुने आशा पनि गौतमको छ ।

यो फलको नेपालमा १० वर्ष अघिदेखि खेती हुँदै आएको थियो । स्ट्रबेरी फल खानाले पिसाबसम्बन्धी रोगलाई निको पार्न सहयोग गर्छ । पछिल्ला वर्ष यो फलको सेवन र खेतीप्रति अकर्षण बढ्दो छ ।

Advertisement

जिल्लाका ग्रामीण क्षेत्रमा केही मात्रा भुइँकाफलको खेती गरिए पनि व्यावसायिकरूपमा खेतीको अभाव छ । पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा नै भुइँकाफल स्थानीय बजारमा माग भए पनि देखिएको छैन । पाल्पामा पहिलोपटक उत्पादन गर्न लागिको हो ।(रासस)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top