×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

सिङ्गो पार्टीमा कुनै एउटा पक्षलाई मात्रै मूल जिम्मेवार बनाएर हमला नगरौँः गोकुल बाँस्कोटा

१७ मंसिर २०७७

१७ मंसिर, काभ्रे ।
पूर्वसञ्चारमन्त्री एवम् सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना दिवस’ कार्यक्रममा उनले त्यसका लागि जनताले नेकपालाई स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घसम्म पर्याप्त अवसर र मौका दिएको बताएका हुन् ।

Advertisement
Advertisement

त्यसलाई पूर्णता दिनका लागि अगाडि बढ्नुपर्ने बेलामा पार्टीभित्र यदुवंशीको तरिका निकालेर एकले अर्कालाई नाङ्गै बनाउने गरी जाने कुरा भएकामा त्यसप्रति आफ्नो असहमति रहेको उनले बताए ।

अहिले देखिएको विवाद विवादका लागि मात्रै नभएर युगको दायित्व बुझ्न र शहीदको रगत, जनआन्दोलनका घाइतेहरुको घाउ, पीडाको चित्कार सम्झँदै समग्र जनताको सपनालाई साकार पार्नका लागि राष्ट्रिय स्वाधीनता र स्वतन्त्रा सम्झेर युगीन अभिभारालाई पूरा गर्न सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिए।

सो क्रममा उनले समाजवाद लागू भयो कि भएन भन्ने विषयमा नभएर त्यसतर्फ उन्मुख छ कि छैन भन्ने बहस मात्रै गर्न नेतृत्वलाई आग्रह गरे ।

“समाजवादी क्रान्ति सम्पन्न भइसकेका मुलुकको तुलनामा हामी पूँजीवादी जनवादी क्रान्ति सन्पन्न गरियो भन्ने अवस्थामा देशले समाजवादोन्मुख अर्थतन्त्र, त्यसको उत्पादन सम्बन्ध र वितरण प्रणालीतर्फ हामी कहाँ छौँ र कति गरिरहेका छौँ भन्ने बुझ्न आवश्यक छ”, उनले भने ।

आफ्नो शक्ति र महत्व बुझ्न नसकेर उज्यालोबाट अन्धकारतिर जान खोज्नु शक्ति छिन्नभिन्न बनाउने र देशमा केही हुन्छ भन्ने आशा, विश्वास र भरोसालाई धरासायी बनाउने खालको गल्ती गर्दै त छैनौँ भन्ने प्रश्न गर्दै उनले नेतृत्व तहमा भएको विवादप्रति इङ्गित गर्दै भने, “कुनै कमजोरीका निम्ति एउटा सिङ्गो पार्टीमा कुनै एउटा पक्षलाई मात्रै मूल जिम्मेवार बनाएर हमला नगरौँ ।”

त्यसरी गरेको हमला आफ्नै घुँडामाथिको कडा बञ्चरो हुनसक्ने भएकाले त्यसतर्फ नेतृत्वले सोच्न उनले सुझाव दिए । कार्यक्रममा उनले नगरपालिकाले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, पुललगायतका भौतिक संरचना निर्माण गर्ने एउटा काम सकेकाले अब कुन ठाउँमा घर बनाउने र कुन ठाउँमा उत्पादनका लागि खेतीयोग्य ठाउँ बनाउने तथा कुन ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भन्ने कुराका योजना बनाएर अगाडि बढ्न आवश्यक रहेकाले त्यसतर्फ अगाडि बढ्न सुझाव दिए ।

त्यससँगै सडक पूर्वाधार निर्माण गरिसकेको अवस्थामा अब विपी राजमार्गले दिनसक्ने लाभबाट रोजगारी के सिर्जना गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिँदै त्यसतर्फ योजना बनाएर अघि बढ्नसमेत उनले नगरपालिकाको नेतृत्वलाई सुझाव दिए ।

कार्यक्रममा सांसद गङ्गाबहादुर तामाङले नेकपाको दुईतिहाइको सरकारले केही पनि गरेको छैन भन्ने बजार हल्ला विपक्षी दलले अत्तालिएर गरेको भ्रामक प्रचार मात्रै भएको बताउँदै विकासका पूर्वाधार निर्माण भइसकेको बताए ।

पूर्वमन्त्री रेशम लामाले नगरपालिकाको नेतृत्वले जस्तोसुकै विवादको विषयलाई पनि सामना गरेर इँटाभट्टा हटाउनेदेखि अन्य विकास निर्माणका काममा मोलेको चुनौतीका कारण आज भौतिक विकासले फड्को मारेको बताए ।

वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामाले नगरपालिकाले बजार क्षेत्र मात्रै हेरेर सम्पन्न नगरपालिकाको कुरा गर्न नमिल्ने बताए । नगरभित्रका विकट बस्ती र त्यहाँका नागरिकको जीवनस्तर उकास्ने खालका काम गर्दै अगाडि बढ्न आवश्यक रहेको सुझाव दिए।

अर्का प्रदेशसभा सदस्य रत्न ढकालले नमोबुद्ध नगरपालिकाले गरेको विकास निर्माणको कामको प्रभाव नजिकका नगरपालिका र गाउँपालिकामा समेत पर्ने भएकाले नगरपालिकाले खेलेको भूमिकालाई फरक ढङ्गले बुझ्न र हेर्न आवश्यक रहेको बताए । त्यसका लागि सहयोग गर्न सबै तहका सरकारको साथ र सहयोग रहने उनले बताए ।

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदमकुमार मैनालीले स्थानीय तहमा योजना निर्माणमा सहयोग गर्नुका साथै पूर्वाधार लगानीमा समेत साथमा रहेर भवन संहिताको कार्यान्वयन तथा प्राविधिक सहयोग गर्ने काममा अगाडि बढिरहेको बताए ।

सो क्रममा विभागको तर्फबाट एक वर्ष अगाडि शुरु भएको दुईवटा पक्की मोटरबाटो उद्घाटन गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

Advertisement

नगरपालिका स्थापना दिवसको अवसरमा नगरपालिकाले कोरोना भाइरसको जोखिमका बीचमा उत्कृष्ट काम गरेका कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मान गर्नुका साथै ‘जनप्रतिनिधिका तीन वर्ष’ नामक पुस्तक विमोचन गरिएको थियो ।(रासस)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top