४१ करोड बिगो बराबरको राजस्व छलीमा मुद्दा दर्ता

१७ मंसिर ७७, बुधबार
Share this
755shares

१७ मंसिर, काठमाडौं ।

Advertisement

राजस्व अनुसन्धान विभागले झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालक, तथा उनका कारोवारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

तीन कम्पनी र व्यक्तिविरुद्ध कूल ४१ करोड तीन लाख रुपैया बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग दाबी लिइ मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

Advertisement

विभागले आज सूचना जारी गरी पर्सा बेलवास्थित क्रेटा इन्टरप्राइजेजका सञ्चालक नविकरिम अन्सारी, परमेश्वर साह र मुख्य कारोवारी जयकिशोर साह तथा दोलखाको तामाकोशी गाउँपालिकास्थित पिआरके ट्रेड इन्टरनेशनलका सञ्चालक हुमन (लछुमन) माझी, बाराको परवानीपुरस्थित मिनजा इन्टरनेशनल प्रालीका सञ्चालक रामबाबु साहानी, धनुषाको रघुनाथपुरस्थित रमण कन्स्ट्रक्सन प्रालीले राजस्व छली गरेकाले मुद्दा चलाइएको विभागले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top