त्रिधार्मिकस्थल हलेसी खुला

१७ मंसिर ७७, बिहीबार

१७ मंसिर, खोटाङ ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि पुनः खुला गरिएको हो ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी विश्वभर एकैसाथ महामारीका रुपमा कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै बन्द गरिएको थियो । मुलुकका महत्वपूर्ण धार्मिकस्थल खुला गरी भक्तजन प्रवेश गराइएको तथ्यहरु उल्लेख गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सूचना जारी गरेर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तीर्थालु भक्तजनलाई मन्दिर प्रवेशमा खुला गरिएको जानकारी दिएको छ ।

नगरप्रमुख इवन राईले मङ्गलबार जारी गर्नुभएको सूचनामा मूल गेटबाट एक पटकमा दशजना दर्शनार्थीमात्र मन्दिरभित्र प्रवेश गराइने, मन्दिर प्रवेशका क्रममा भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरबत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने, पूजा सामग्री नलैजाने व्यवस्थाका लागि मन्दिरको बाहिरी परिसरमा आवश्यक व्यवस्था मिलाइने उल्लेख छ । मन्दिरमा खटिएका स्वयम्सेवक तथा सुरक्षामर्कीले भक्तजनलाई लाइनमा बस्ने लगायतका आवश्यक प्रबन्ध मिलाउने तथा कोभिड–१९ को महामारीले प्रतिकूल असर पर्ने सम्भावना देखिए स्थानीय प्रशासनसँगको समन्वयमा जुनसुकै बेला पुनः मन्दिर प्रवेशमा रोक लगाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

उता हलेसी विकास समितिले भने सङ्घीय सरकार मातहतको हलेसी मन्दिर खुलाउने बारेमा आफूहरुसँग परामर्श नगरी नगरपालिकाले ठाडो हस्तक्षेप गरेर बन्द रहेको मन्दिर खुलाएको गुनासो गरेको छ । समितिका अध्यक्ष टङ्क राईले मन्दिर खोल्ने कुरामा समितिको विमती नरहेको तर नगरपालिकाले विनापरामर्श अधिकार क्षेत्रभन्दा बाहिर रहेर मन्दिर खोलेकामा भने आफूहरुको विरोध रहेको बताएका छन् ।

नगरप्रमुख राईले भने बन्द रहेको हलेसी मन्दिर सरोकारवाला सबैसँग परामर्श गरेर नै खुलाइएको जानकारी दिएका छन् । “मन्दिर खोल्ने विषयमा विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलसँग पटकपटक कुराकानी भएको छ”, उनले भने, “ सांसद विशाल भट्टराईले समेत बन्द रहेको हलेसी मन्दिर खोल्न आग्रह गर्नुभएपछि नगरपालिकाका तर्फबाट सार्वजनिक सूचना निकाल्न अगाडि सरोकारवाला सबैसँग परामर्श गरेर औपचारिक रुपमा खुलाइएको हो ।”

लामो समय बन्द रहेको मन्दिर खुलेपछि हलेसीमा दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्न थालेको व्यवसायीहरुले बताएका छन् । करीब आठ महिनादेखि व्यवसाय बन्द भएको होटल व्यवसायीसमेत मन्दिर खुलेपछि हर्षित भएका छन् । प्राकृतिक रुपमा समेत विश्व प्रसिद्ध हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भूटान, चीनको तिब्बत लगायतका देशबाट दर्शनार्थी तथा भक्तजन आउने गरेका छन् । दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, हरिबोधनी एकादशी, हरितालिका तीज, बुद्धजयन्ती, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ ।

विश्वप्रसिद्ध हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण गर्न सांसद भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ । भट्टराईको नेतृत्वमा बनेको समितिले अहिले विज्ञसँगको सल्लाहमा हलेसीको दीर्घकालीन गुरुयोजना निर्माणको काम गरिरहेको जनाइएको छ ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top